सांसदहरु भन्छन्– देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्‍यो « Khabarhub

सांसदहरु भन्छन्– देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्‍यो


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णप्रसाद सिटौलाले जनताका चाहना र मुलुकको आवश्यकतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने बताएका छन् ।

आगामी आवको नीति तथा कार्यक्रममा समावेश भएका विकास–निर्माणका कार्यक्रमका निम्ति पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा उनले जोड दिए ।

शिक्षा विधेयक, निजामति सेवा विधेयक, प्रहरी ऐन जस्ता महत्वपूर्ण कानुन यसै अधिवेशनबाट पारित गर्ने विषय नीति तथा कार्यक्रममा समावेश हुनु सकारात्मक पक्ष भएको बताउँदै सांसद सिटौलाले शान्तिप्रक्रिया सम्बन्धी बाँकी काम चाँडै निष्कर्षमा पुर्‍याउन सत्ता र प्रतिपक्ष मिल्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की (अछामी) ले मजदुर, किसान, दलित, महिला तथा पिछडिएका क्षेत्रका जनताका अपेक्षाअनुसार आगामी आवको बजेट प्रस्तुत हुनुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाहले नीति तथा कार्यक्रममा समावेश भएका विकास–निर्माणका आयोजनालाई व्यवस्थित ढङ्गले कार्यान्वयन हुनुपर्ने बताइन् । राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधन गर्नुपर्नेमा उनले जोड दिइन् ।

नेकपा (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रको ढुकुटी हेरेर बजेट बनाउनुपर्नेमा जोड दिँदै विगतको तुलनामा यो वर्ष नीति तथा कार्यक्रम नयाँ ढङ्गले आएको बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ३ : ३९ बजे

सरकारी तलब कार्यान्वयनको माग गर्दै नर्सहरू आन्दोलित 

काठमाडौं– कलंकीस्थित सहिद मेमोरियल अस्पतालका स्टाफ नर्सहरूले सरकारले तोकेको तलब

जेन-जीको बहिष्कारपछि सरकारले भन्यो : विगतका सहमति कार्यान्वयन हुँदैछन्

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी

विद्यार्थी दिवस : विश्वविद्यालय स्वायत्तता र विद्यार्थी अधिकारको पक्षमा प्रदर्शन

काठमाडौं – विद्यार्थी दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनहरूले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध

इरानबारे चीन पछि हटेको ट्रम्पको दाबी, तर भएन कुनै सहमति

बेइजिङ– अमेरिकी राष्ट्रपित डोनाल्ड ट्रम्पले चीनले इरानमाथि आफ्नो प्रभाव प्रयोग

माउण्टेन डिउको बिक्रीमा रोक  

काठमाडौं– सामाजिक सञ्जालमा एक उपभोक्ताले  माउण्टेन डिउ पिउँदा वाकवाकी लागेको