सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित « Khabarhub

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रतिनिधि सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

सभामुख देवराज घिमिरेले ध्वनी मतका आधारमा सरकारको नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन्‌ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संसद्‌मा पेश गरिएको नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि सांसद्‌हरूले उठाएको प्रश्नको जवाफ पनि आजै दिएका थिए ।

विपक्षी दलका सांसद्‌हरूले सरकारका नीति तथा कार्यक्रममाथि पेश गरेका अधिकांश संशोधन प्रस्ताव भने अस्वीकृत भएको छ ।

नीति तथा कार्यक्रम पारित भएकाले सरकारलाई जेठ १५ गते सङ्घीय संसद्‌मा आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ ।

सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट तयारीलाई अन्तिम चरणमा पुर्‍याएका छन्‌ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ३ : ५० बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बाइकमा उभिएर भिडियो बनाउँदै गरेका सांसद गुप्ताको तस्बिर भाइरल

काठमाडौं– पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि

आत्मदाहको बढ्दो शृङ्खला : गहिरो संकट र राज्यप्रतिको मौन विद्रोह, रोक्न के गर्ने ?

काठमाडौँ – गत असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

भद्रपुर– ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका

औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी

काठमाडौं– सङ्घीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति