३७ महिनापछि राप्रपा पार्टी कार्यालय पुगे कमल थापा | Khabarhub Khabarhub

३७ महिनापछि राप्रपा पार्टी कार्यालय पुगे कमल थापा


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेट्न पुगेका छन् । थापाले ३७ महिनापछि पार्टी कार्यालय धुम्बाराही पुगेर अध्यक्ष लिङ्देनसँग भेट गरेका हुन् ।

‘३७ महिनापछि पार्टी कार्यालय आएर अध्यक्ष लिङदेनलाई भेट्नुभयो । कमल थापाले आफैँ म ३७ महिना भएछ धुम्बाराई नआएको भन्नुभयो । त्यसपछि दुवैजना नेताहरू हाँस्नुभएको थियो ।’ राप्रपाका नेताले भने, ‘दुवैजना एकदम खुशी मुद्रामा हुनुहुन्थ्यो । उहाँहरूबीच पछिल्लो राजनीतिक आन्दोलनको विषयमा कुराकानी भएको छ।’

पछिल्लो समय राजावादी आन्दोलन एकीकृत गर्नका लागि दुई नेता मिलेको बुझिएको छ । राजतन्त्र फर्काउने आन्दोलनको विषयमा छलफल गर्न र नयाँ एजेन्डा तयार गर्न दुई नेताहरूबीच भेटघाट भएको बताइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ४ : ४९ बजे

सोबिताले भनिन्- सरकारले नै किर्ते जाहेरी तयार गरेर रविलाई फसायो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सभापति रवि लामिछानेविरुद्ध

बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण

तनहुँ– जिल्लाको बन्दीपुर गाउँपालिकाको कृषि शाखाले एक सय किसानलाई ५०

रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै

म्याग्दी– रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक २३ करोड ३२ लाख रुपैयाँको लागतमा कालोपत्र

रातो मत्स्येन्द्रनाथको रथ जेठ १५ मा जावलाखेल लगिने

काठमाडौं– वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ यही

गर्मी बढेपछि वीरगञ्जका विद्यालय बिहान सञ्चालन

वीरगञ्ज- अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन