युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ता गर्न ‘तयार’ : जेलेन्स्की « Khabarhub

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ता गर्न ‘तयार’ : जेलेन्स्की


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र किएभ रुससँग प्रत्यक्ष वार्ताका लागि ‘तयार’ रहेको बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिना इस्तानबुलमा किएभसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको केही घण्टापछि जेलेन्स्कीले उक्त कुरा बताएका हुन् ।

उनले भने, “एक दिन पनि हत्या जारी राख्नुको कुनै तुक छैन । हामी आशा गर्दछौं कि रुसले पूर्ण, स्थायी र भरपर्दो युद्धविरामको पुष्टि गर्नेछ र युक्रेन वार्ताका लागि तयार छ,” जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।

जेलेन्स्कीले सन् २०२२ मा मस्कोको आक्रमणबाट सुरु भएको तीन वर्ष लामो युद्धलाई अन्त्य गर्न रुसले सुरक्षित अवतरण खोजिरहेको पनि दाबी गरे ।

जेलेन्स्कीले भने, “रुसले अन्ततः युद्ध अन्त्य गर्ने बारे सोच्न थालेको छ । यो सकारात्मक सङ्केत हो ।”

उनले भने, “सारा विश्वले लामो समयदेखि यसको प्रतिक्षा गरिरहेको छ र कुनै पनि युद्धलाई वास्तवमै अन्त्य गर्ने पहिलो कदम युद्धविराम हो ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ६ : ११ बजे

चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

तनहुँ– कृषि विकास कार्यालयले चैतेधान उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई ८५

विश्वकप लिग-२ : कीर्तिपुरमा नेपाल र यूएई भिड्दै

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

शुक्रबार सबै सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा

टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’

काठमाडौं– टोखा नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन

देशका अधिकांश भागमा वर्षाको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक