सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती « Khabarhub

सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

लाताकिया – सिरियाको लाताकिया प्रान्तको गाउँले क्षेत्रमा बुधबारदेखि सुरु भएको डढेलोले ३० हेक्टरभन्दा बढी जमिन जलेको सिरियाली नागरिक सुरक्षा विभागले आइतबार जनाएको छ ।

हालसम्म कुनै व्यक्ति घाइते भएको वा घरमा क्षति पुगेको विवरण आएको छैन । डढेलोको कारण भने अझै नखुलेको विभागले जनाएको छ ।

नागरिक सुरक्षा अनुसार तीव्र हावा, अत्यधिक गर्मी, विगतको युद्धबाट बाँकी रहेका जोखिमपूर्ण वस्तु र दुर्गम भूगोलका कारण आगो निभाउने कार्यमा कठिनाइ भएको छ ।

लाताकियाका प्रशासनिक तथा प्राविधिक इकाइ प्रमुख अली असीले जानकारी दिँदै भने, “तीव्र गर्मी, उकालो–ओरालो जमिन र पानी तथा उपकरण पु¥याउन गाह्रो भएकाले डढेलो नियन्त्रणमा समस्या भइरहेको छ ।”

उनले भने, “डढेलो सुरु भएको चार दिन भइसक्दा पनि पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन । हामीले अलेप्पो, टार्टुस र हामा क्षेत्रका स्थानीय तहहरूसँग सहयोगको आग्रह गरेका छौँ । डढेलोले दर्जनौँ बिघा क्षेत्र प्रभावित बनाइसकेको छ र हामी अझै भारी उपकरणको प्रतीक्षा गरिरहेका छौँ ।”

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ८ : ०२ बजे

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता