कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य | Khabarhub Khabarhub

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट पार्टीहरु एक ठाउँमा आए मात्रै समाज रुपान्तरणको अभियानले सार्थकता पाउने बताएका छन् ।

पार्टीको ४ नम्बर ब्यूरो (राप्ती)ले घोराही–१५ रतनपुरद्वारा आयोजित कार्यक्रममा महासचिव वैद्यले क्रान्तिकारी शक्तिहरु एक भएपछि मात्रै समाज रुपान्तरणको अभियान सुदृढ हुने बताए ।

उनले भने, “क्रान्ति अझै अधुरो छ । कम्युनिष्ट आन्दोलनमा विभाजन छ । सङ्घीय जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने अभियान पूरा गर्न सबै कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्छ ।”

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कँडेलले केही कम्युनिष्ट पार्टीहरु सत्ता स्वार्थमा लिप्त भएको आरोप लगाए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्यहरु चन्द्रहरि सुवेदी, क्रान्तिकारी महिला सङ्घकी अध्यक्ष अम्विका मुडवरीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ८ : ३१ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित