इतिहासको रथलाई अग्रगमनतर्फ अघि बढाउनु आवश्यक : प्रचण्ड « Khabarhub

इतिहासको रथलाई अग्रगमनतर्फ अघि बढाउनु आवश्यक : प्रचण्ड


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त नेपाली समाजमा साँचो अर्थमा राष्ट्र निर्माण गर्दै राष्ट्रिय एकता हासिल गर्न सांस्कृतिक विविधतासहित पहिचानको सम्मान र संरक्षण अनिवार्य रहेको बताएका छन् ।

गौतमबुद्ध जन्मजयन्तीको अवसरमा आज शुभकामना, व्यक्त गर्दै उनले इतिहासको रथलाई पश्चगमनतर्फ नभइ प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि अग्रगमनतर्फ अघि बढ्नु आजको आवश्यकता रहेको उल्लेख गरेका छन् ।

बुद्धजयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण भएको उनको भनाइ छ ।

उनले भनेका छन्– ‘शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६९औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतमबुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार क्रान्तिको सूत्रपात गरेका थिए, जुन आजको दिनमा पनि प्रेरणाको स्रोत बनेको अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले भनेका छन्– ‘गौतमबुद्धले व्यवहारबाटै दिएको शिक्षाले आज पनि हामीलाई न्याय, समानता र समावेशिताकाे आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको छ, क्रान्ति र शान्ति परस्पर विरोधी होइनन्, समाज परिवर्तनका परिपूरक हुन् । बुद्धको दर्शनले हामीलाई यही गहन पाठ सिकाएको छ ।’

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ८ : १६ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको