सांस्कृतिक पर्वले आपसी सद्भाव र एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति « Khabarhub

सांस्कृतिक पर्वले आपसी सद्भाव र एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूलाई देशको सांस्कृतिक विविधताको सम्मान र संरक्षणलाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

किरात समुदायको महान् पर्व उँभौलीको अवसरमा शुभ अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनले उँभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि  सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् । 

जाडो यामको अन्त्य र गर्मी यामको सुरुवातसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई उँभौली पर्वको रूपमा मनाइन्छ ।

वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किरातीहरूले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्ति नआऊन् भनेर भूमि, बाली र पितृपूजा गर्दछन् । साथै, विभिन्न परम्परागत नृत्य गर्दै मीठा–मीठा परिकार खाएर आपसमा शुभकामना आदानप्रदान गरी रमाइलोसँग उँभौली पर्व मनाउने परम्परा रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ८ : २५ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त