नाबालिकालाई रक्सौल लगेर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ | Khabarhub Khabarhub

नाबालिकालाई रक्सौल लगेर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

पर्सा– नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्। 

पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुन रहेकी छिन्। उनलाई वैशाख २७ गते पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। 

मिश्रका अनुसार वैशाख २१ गते ती नाबालिकालाई नयाँ कपडा किनिदिने बहानामा खातुनले भारत लगेकी थिइन्। बिहार रक्सौलको होटलमा लगेर यौनधन्दामा सामेल गराएकी थिइन्। 

ती नाबालिकालाई प्रहरीले भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी नेपाल ल्याएको छ।  खातुनले यसअघि पनि नाबालिकालाई रक्सौल लगेर यौनधन्दामा संलग्न गराउने गरेको मिश्रले बताए। 

खातुनलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसुरमा अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।
 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १२ : ३६ बजे

सबैको पहुँचमा खानेपानी पुर्‍याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको

रोनाल्डो अझै दुई वर्ष अल नासरमै रहने, नयाँ सम्झौतामा हस्ताक्षर

काठमाडौं- साउदी प्रो लिग क्लब अल-नासरले ४० वर्षीय सुपरस्टार क्रिस्टियानो

सुमनाले भनिन्- शिक्षा र स्वास्थ्यमा नाफा गर्न पाइँदैन, १५ वर्षपछि निजी विद्यालय गैरनाफामूलक बनाऊँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले शिक्षा र

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षा आधुनिक