बुद्धको सन्देश विश्वका लागि सान्दर्भिक : बाबुराम भट्टराई « Khabarhub

बुद्धको सन्देश विश्वका लागि सान्दर्भिक : बाबुराम भट्टराई


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बुद्धले दिनुभएको सत्य, अहिंसा, करुणा र मध्यमार्गको मार्गदर्शन विश्व र नेपालजस्ता बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक समाजका लागि अझ सान्दर्भिक र प्रेरणादायी रहेको उल्लेख गरेका छन् । 

गौतम बुद्धको जयन्तीको अवसरमा आज शुभकामना दिँदै अध्यक्ष भट्टराईले भनेका छन्, ‘२०७८औँ बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धप्रति श्रद्धासहित नमन गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शान्ति, सहिष्णुता र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
    
अहिलेको चुनौतीपूर्ण समयमा सामाजिक सद्भाव, सहिष्णुता, वैज्ञानिक सोच र विवेकशील नेतृत्वको आवश्यकता दिनानुदिन बढिरहेको सन्दर्भमा उल्लेख गर्दै बुद्धका शिक्षाहरू हाम्रा मार्गदर्शक बन्न सकून् भन्ने कामनासमेत गरेका छन् । 

बुद्धजयन्तीले  सबैमा मानवता, समानता र न्यायप्रतिको प्रतिबद्धता थप सुदृढ हुने उनको विश्वास छ । 
 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  २ : ०४ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त