कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने  « Khabarhub

कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने 


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । कर्णाली राजमार्गको दैलेखको सिस्ने–साई सडक खण्ड मर्मत गर्नका लागि १५ दिनसम्म दैनिक आठ घण्टा बन्द हुने भएको हो । 

जिल्ला प्रशासन कार्यालय दैलेखले एक सूचना प्रकाशित गर्दै सडक निर्माण कार्यका कारण यो निर्णय गरिएको जानकारी गराएको छ । प्रशासनका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सो सडक खण्ड बन्द रहनेछ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका अनुसार निर्माणका लागि ठेक्का व्यवस्थापन भइसकेको सिस्नेदेखि साइ खण्डमा निर्माणका क्रममा समस्या भएको र वैकल्पिक रुट दिएर सडक बन्द गरेको हो ।

कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिनुपर्नेछ । रामाघाट बजारबाट दुई किलोमिटर उत्तरमा रहेको मध्यपहाडी लोकमार्गको सात्तला भएर साइ निस्कनु पर्नेछ ।

रामाघाट–साई खण्डको दुरी झण्डै १८ किलोमिटर छ । मध्यपहाडी भएर साइ निस्कनु पर्ने सवारीले झण्डै ३२ किलोमिटर लामो दूरी पछ्याउनु पर्नेछ । सिस्ने साई खण्डको १२ किलोमिटर दुरीको सडक बिग्रिएपछि नयाँ ठेक्का व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ३ : ३८ बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित