‘कबड्डी’ जोडी दयाहाङ र रिश्माको नयाँ फिल्म ‘रिमै’को प्रदर्शन भदौ २७ मा « Khabarhub

‘कबड्डी’ जोडी दयाहाङ र रिश्माको नयाँ फिल्म ‘रिमै’को प्रदर्शन भदौ २७ मा


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कबड्डी’को जोडी नायक दयाहाङ र नायिका रिश्मा गुरुङलाई दर्शकले ठूलो पर्दामा फेरि देख्न पाउने भएका छन् । यी दुई मुख्य भूमिकामा रहेको फिल्म ‘रिमै’ भदौ २७ बाट प्रदर्शनमा आउने भएको छ ।

खिलबहादुर गुरुङको निर्देशनमा बनेको यस फिल्मको तीन पोस्टर सोमबार सार्वजनिक गरि प्रदर्शन मितिबारे जानकारी दिइएको हो ।

सार्वजनिक एक पोस्टरमा दयाहाङ र रिश्मालाई प्रस्तुत गरिएको छ । पोस्टरले फिल्ममा उनीहरु दुई प्रेम सम्बन्धमा रहेको संकेत गर्छ ।

अर्को पोस्टरमा दयाहाङ र रिश्मासहित नायिका गौमाया गुरुङलाई पनि राखिएको छ । अर्को पोस्टरमा फिल्ममा सबै मुख्य पात्रलाई स्थान दिइएको छ । यस पोस्टरको केन्द्र भागमा दयाहाङ छन् ।

अमेरिका बस्दै आएकी रिश्माले लामो समयपछि फिल्म गरेकी हुन् । वि.सं २०७७मा उनी फिल्म ‘क्रसरोड’को छायाङ्कनमा सहभागी भएकी थिइन् । त्यो फिल्म अझैँ प्रदर्शनमा आएको छैन ।

‘रिमै’को लेखक उपेन्द्र सुब्बा हुन् । यसको निर्माताहरु टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ४ : १८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार