राष्ट्रपतिद्वारा नागरिक हित र मुलुकको समृद्धिको कामना | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा नागरिक हित र मुलुकको समृद्धिको कामना


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको बताएकी छिन् ।

संविधान दिवस, २०७६ का अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गरेकी छिन् ।

तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको उक्त शुभकामना सन्देशमा उल्लेख छ ।

संविधानमा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनाअनुरुप समाजवादउन्मुख अर्थतन्त्रमा मुलुक अघि बढिरहेको सन्देशमा भनिएको छ । यस दिनले सबै नेपालीमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प मन, बचन र कर्मले समर्पित हुन प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको मर्म, भावना र व्यवहारमा रुपान्तरण गर्न आफ्नो तर्फबाट इमान्दार प्रयास गर्न आग्रह गर्दै लामो सङ्घर्ष र प्रतिक्षापछि प्राप्त संविधानको कार्यान्वयनमार्फत् नागरिकको हित र मुलुकको समृद्धि हुने गरी कार्य गर्न सबैमा अनुरोध गरेकी छिन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ५ : ५६ बजे

प्रधान सेनापतिले जेन–जीसँग भने– रास्वपा र दुर्गा प्रसाईँसँग वार्तामा बस्नुस् 

काठमाडौं– जेन–जी आन्दोलनको अग्र भागमा देखिन सुरु भएका युवालाई नेपाली

नेपाली सेनासँग वार्ताको सुरुवात नहुँदै जेन–जी आन्दोलन ‘विभक्त’

काठमाडौं– मुलुकमा सिर्जना भएको पछिल्लो घटनाक्रमपछि तय गर्नुपर्ने मार्गरेखाका लागि

जेनजी बैठक : सबैका लागि स्वीकार्य नेतृत्व र एजेन्डा हुनुपर्नेमा जोड 

काठमाडौं– बुधबारबाट जेनजी पुस्ता जुम बैठकमा बसेर एजेन्डा बनाइरहेका छन्

जेनजी बैठक : बालेन र सुशीला कार्कीको चर्चा, १५ जना लिडर पठाउने छलफल 

काठमाडौं– बुधबारबाट जेनजी पुस्ता जुम बैठकमा बसेर एजेन्डा बनाइरहेका छन्