भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको मध्यक्षेत्रमा अवस्थित छत्तीसगढ  राज्यमा आइतबार राति बस र ट्रक एकआपसमा ठोक्किँदा नौ महिला र एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।  घटनामा अन्य १४ जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

राज्यको राजधानी रायपुर नजिकै शनिबार राति ११ बजे दुर्घटना भएको हो । आफन्तको घरमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्कँदै गर्दा उक्त दुर्घटना भएको थियो । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

राज्यका पूर्व मुख्यमन्त्री भूपेश बघेलले हालैका वर्षहरूमा छत्तीसगढमा सडक दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको बताउँदै राज्य सरकारलाई यस्ता दुर्घटनाहरू रोक्न र मानव जीवन बचाउन कदम चाल्न आग्रह गरे।
 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ४ : ५६ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ