बुल्गेरिन स्टार बेर्बातोभले लिए फुटबलबाट सन्यास « Khabarhub

बुल्गेरिन स्टार बेर्बातोभले लिए फुटबलबाट सन्यास


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्स– बुल्गेरियाका पूर्व कप्तान तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर दिमितार बेर्बातोभले फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

बुल्गेरिन स्टार बेर्बातोभले सामाजिक संजाल इन्स्टाग्राम लेख्दै आफूले फुटबल खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

३८ वर्षीय बेर्बातोभले पछिल्लो सिजन करेला ब्लास्टरबाट इण्डियन सुपर लिग खेलेका थिए । त्यसयता बेर्बातोभ क्लब बिहीन रहँदै आएका थिए । क्लब फुटबलमा उनले २ प्रिमियर लिग, २ लिग कप र २ कम्युनिटी शिल्ड जितेका थिए । यस्तै १ पटक क्लब विश्वकप र १ बुल्गेरियन कप जितेका छन् ।

सन् २००८ देखि १२ सम्म युनाइटेडबाट खेलेका बेर्बातोभले फुलहम र टोटेनहमबाट समेत खेलेका थिए । बुल्गेरियाका लागि सर्वाधिक गोलकर्ता बेर्बातोभले नाममा ४८ गोल छ । उनले सन् २०१० मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ६ : ३० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय