दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते « Khabarhub

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँस्थित सुन्धारामा दुईवटा मोटरसाइकल एक-आपसमा ठोक्किएर आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
    
काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आज भएको दुर्घटनामा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर इमाडोल बस्ने तनहुँ आँबुखैरेनीका ४६ वर्षीय सन्तोषकुमार गुरुङको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार एक जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ६ : २४ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका