आज चौथो संविधान दिवस भव्य रूपमा मनाइँदै « Khabarhub

आज चौथो संविधान दिवस भव्य रूपमा मनाइँदै


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै जनताबाट निर्वाचित प्रतिनिधिले संविधान सभामार्फत ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिन आज असोज ३ गते । संविधान दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै छ ।

वि.सं. २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गरेका थिए ।

संविधान जारी भएको ४ वर्षको अवधिमा संविधानको कार्यान्वयन सन्तोषजनक रहेको पूर्वराष्ट्रपति डा. रामबरण यादवले बताएका छन् ।

संविधान मिलेर बनाउने दलहरूले नै वर्तमानका समस्याको समाधान गर्नुपर्ने र हतियार उठाउनेलाई पनि वार्तामा बोलाएर समस्याको समाधान गर्नुपर्ने बताए ।

संविधानका मूल विशेषतामा आवधिक निर्वाचन, लोकतान्त्रिक मूल्य र मान्यता, कानुनको शासन, कानुनी राज्यको अवधारणा, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता र समाजवाद छन् ।

संविधान दिवसको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ६ : ४५ बजे

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

गण्डकी– गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्