के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ? | Khabarhub Khabarhub

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक खगेन्द्र लामिछाने दुवैका लागि विशेष छ । यही फिल्मले दीपेन्द्र र खगेन्द्रलाई स्थापित बनाएको हो भन्दा फरक पर्दैन । वि.सं २०७२ सालमा प्रदर्शनका आएको यो फिल्म सुपरहिट बनेको थियो ।

खगेन्द्रले ‘पशुपतिप्रसाद’ अघि हिट फिल्म ‘टलकजंग भर्सेस टुल्के’मा केन्द्रीय भूमिका निर्वाह गरेर ‘मास’ मा पुगिसेका थिए । तर, उनलाई ‘पशुपति प्रसादले’ युवापुस्तामा थप स्थापित र परिचित गरायो ।

उनले निर्वाह गरेको चरित्र ‘पशुपतिप्रसाद’ अहिले पनि सामाजिक सञ्जालको ‘मिम’ मा समावेश हुन्छ । जब कि यो फिल्म प्रदर्शनमा आएको एक दशक पुग्न लाग्यो ।

यता, दीपेन्द्रले पनि ‘पशुपतिप्रसाद’ अघि केही फिल्म निर्देशन गरेका थिए । तर, उनी दर्शकमाझ स्थापित हुन सकेका थिएनन् । उनी दर्शकको ‘नोटिस’ मा परेको पहिलो फिल्म यही नै हो ।

यी दुवैको उदयको संयोग ‘पशुपतिप्रसाद’ बन्यो । त्यसयता यी दुईको सहकार्य गज्जबले जमेको छ । दीपेन्द्रले बढी सहकार्य गरेको नायक खगेन्द्र हुन् भने खगेन्द्रले बढी सहकार्य गरेको निर्देशक दीपेन्द्र हुन् ।

यी दुईले सहकार्य गरेका फिल्म

‘पशुपतिप्रसाद’ मा पनि खगेन्द्र र दीपेन्द्रको सहकार्य कलाकार–निर्देशकका रूपमा मात्र होइन । यस फिल्मको लेखक पनि खगेन्द्र नै हुन् । अर्थात्, खगेन्द्रले दीपेन्द्रसँग यस फिल्ममा दोहोरो भूमिकामा सहकार्य गरे ।

फिल्म ‘धनपति’ मा पनि दीपेन्द्र निर्देशकको जिम्मेवारीमा थिए । यो फिल्मको केन्द्रीय कलाकार र लेखक खगेन्द्र नै हुन् ।
‘पशुपतिप्रसाद २ : भष्मे डन’ उनीहरूको तेस्रो सहकार्य हो । यस फिल्मका लेखक खगेन्द्र नै हुन् ।

उनीहरूको चौथो सहकार्य फिल्म ‘मेयर’ मा भएको छ । छायाङ्कन सकिए पनि प्रदर्शनमा नआएको यस फिल्ममा खगेन्द्र नै केन्द्रीय भूमिकामा छन् । निर्देशक दीपेन्द्र नै हुन् ।

उनीहरूको पाँचौ सहकार्य फिल्म ‘के घर के डेरा : घर नम्बर २’ मा भएको छ । यसमा पनि दीपेन्द्र र खगेन्द्रले निर्देशक–कलाकारका रूपमा सहकार्य गरेका छन् ।

प्रदर्शनमा आउन बाँकीसहित खगेन्द्रले अहिलेसम्म एक दर्जनभन्दा बढी फिल्म गरेका छन् । जसमा पाँच फिल्ममा दीपेन्द्रसँग सहकार्य गरेका छन्, चार फिल्ममा कलाकार र एक फिल्ममा लेखकको जिम्मेवारीमा ।

यता दीपेन्द्रले सबैभन्दा बढी सहकार्य गरेको कलाकार नै खगेन्द्र हुन् । यहीबाट यिनीहरूको सहकार्य जमेको स्पष्ट हुन्छ ।
यतिसम्म कि– दीपेन्द्रले प्रस्ताव गरेको फिल्ममा खगेन्द्र ‘नाइँ’ पनि भन्न सक्दैनन् । यसको पछिल्लो उदाहरण ‘के घर के डेरा : घर नम्बर २’ नै हो । जुन जेठ २ बाट प्रदर्शनमा आउँदै छ ।

खगेन्द्र भन्छन्, ‘म अर्को फिल्ममा व्यस्त भएको बेला दीपेन्द्रजीले यो फिल्ममा प्रस्ताव गर्नुभयो । समय अभाव थियो तर मैले अर्को फिल्मको टिमलाई दीपेन्द्रजीले प्रस्ताव गरेपछि नाइँ भन्न सक्दिनँ भनेर समय मिलाउन लगाएँ ।’

दीपेन्द्र पनि खगेन्द्रको यो कुरा स्वीकार गर्छन् । भन्छन्, ‘यो फिल्मको कलाकारमा मलाई खगेन्द्रजी चाहिएको थियो । उहाँ व्यस्त हुनुहुन्थ्यो, थाहा थियो । अरु कलाकार भए व्यस्तताले यो फिल्म सायदै गर्नुहुन्थ्यो तर उहाँले समय मिलाउनु भयो ।’

सहकार्यको राज ?

दीपेन्द्रसँग यति लामो सहकार्यको हुनको पछाडि चार गैरव्यावसायिक कारण रहेको खगेन्द्र बताउँछन् । इमानदारिता, विश्वास, सहजता र सम्बन्ध यो सहकार्य निरन्तरताको प्रमुख कारक रहेको खगेन्द्रको बुझाइ छ ।

उनी भन्छन्, ‘अनि हामी दुवै इमानदार छौं जस्तो लाग्छ । हामी एक अर्कालाई हामी राम्रोसँग बुझ्छौं । हामी दुवैमा एक अर्काप्रति विश्वास र सहजता महसुस गर्छौं जस्तो मलाई महसुस हुन्छ । यो मेरो बुझाइ हो, दीपेन्द्रजीलाई नलाग्न पनि सक्छ है ।’

दीपेन्द्रको कुशल निर्देशकीय क्षमताले पनि सहकार्यको माहोल बनाएको खगेन्द्र बताउँछन् । भन्छन्, ‘उहाँ राम्रो निर्देशक हो । एउटा कलाकारलाई राम्रो निर्देशकसँग काम गर्न मन भइहाल्छ ।’

कार्यसम्पादन शैली एकै हुनुलाई पनि खगेन्द्र सहकार्यको अर्को कारक मान्छन् । भन्छन्, ‘म पनि केही काम थालेपछि सकाएरै मात्र छोड्छु । दीपेन्द्रजीले पनि त्यही गर्नुहुन्छ । हाम्रो काम गर्ने नेचर पनि मिल्छ ।’

दीपेन्द्र भने खगेन्द्रसँग सहकार्य जम्नुको मुख्य व्यावसायिक कारण उनको सहजता नै मान्छन् । भन्छन्, ‘उहाँले जस्तो व्यस्त बेला प्रस्ताव लैजाँदा पनि नाइँ भन्नुहुँदैन । यो नै प्रमुख हो ।’

सहकार्यमा गैरव्यावसायिक कारणको पनि उत्तिकै स्थान रहेको दीपेन्द्रको बुझाइ छ । भन्छन्, ‘हाम्रो सम्बन्ध दुख–सुखमा काम लाग्ने हो ।’

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १० : ५५ बजे

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही

लोमान्थाङ घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय मिडिया सम्मेलन

पोखरा – ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकट’बारे मन्थन गरी

भारतको आक्रमणबाट ११ सैनिक र ४० सर्वसाधारण मारिए : पाकिस्तान

इस्लामावाद- गत साता भारतसँगको तनावका क्रममा भएको हवाई तथा स्थल