समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री  | Khabarhub Khabarhub

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप नगरेको बताएका छन् ।

सुर्खेतबाट प्रकाशन हुँदै आएको युगआह्वान राष्ट्रिय दैनिकको २५औँ रजतजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जाल नियमन विधेयकमा समाजका केही वर्गले गलत अर्थ लगाएको बताए ।

प्रेस स्वतन्त्रताका नाममा अराजकता बढेको उल्लेख गर्दै उनले यसलाई नियन्त्रण गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए ।

सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा तयारीको क्रममा रहेको उनको भनाइ छ । ‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहीनता बढ्यो,’’ उनले भने, ‘यसलाई नियमन गर्नैपर्छ, त्यसका लागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौँ ।’

मन्त्री गुरुङले कुनै पनि सञ्चारमाध्यमले जातीय सद्भावमा खलल गतिविधि गर्न नहुनेमा जोड दिए । सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक शीघ्र पारित गरिने उनको भनाइ छ ।

अनलाइनका कारण साइबर क्राइम बढेको उल्लेख गर्दै उनले ४० हजारभन्दा बढी त्यससम्बन्धी उजुरी दर्ता भएको बताए ।

सामाजिक सञ्जाल प्रयोग र अभिव्यक्ति स्वतन्त्रताका नाममा समाजमा भ्रम फैलाउन कसैलाई छुट नभएको मन्त्री गुरुङको भनाइ थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १२ : १२ बजे

नेपाल लाइफ इन्भेष्टमेन्टले हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी

एभरेस्ट महिला भलिबल : कर्णालीका तीन विदेशी खेलाडी नेपाल आइपुगे

काठमाडौं – पोखरामा हुने ‘एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम बाँडफाँड

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको ‘एनआईसी एशिया इक्विटी लिंक्ड

रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे वैवाहिक सम्बन्ध विच्छेदको कागज

काठमाडौं – बहुविवाहको विषयमा विवाद चर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

कोशी किनारमा पर्यटनको सम्भावना : सरकार उदासीन हुँदा सम्झौता बाधक

सुनसरी- सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित सप्तकोशी किनार धार्मिक पर्यटन, जल पर्यटन,