कांग्रेसकै सांसदको टिप्पणी- सरकार गभर्नरको ‘म्युजिकल चियर’मा मस्त छ « Khabarhub

कांग्रेसकै सांसदको टिप्पणी- सरकार गभर्नरको ‘म्युजिकल चियर’मा मस्त छ


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद दीपक गिरीले वर्तमान सरकार गभर्नर नियुक्तिको ‘म्युजिकल चियर’ मा मस्त रहेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै गिरीले सबैतिर अन्योल र अलमल रहेको अवस्थामा सरकारको ध्यान गभर्नर नियुक्तिमै रहेको टिप्पणी गरेका हुन् ।

महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकबाट बिदा भएको दुई महिना हुन लागिसक्दा पनि सरकारले नयाँ नियुक्ति गर्न नसकेको सन्दर्भमा गिरीले यस्तो बताएका हुन् ।

२०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका अधिकारी गत चैत २२ गतदेखि औपचारिक रूपमा बिदा भइसकेका छन् । उनी बिदा हुनुअघि गभर्नर नियुक्त गर्नुपर्नेमा कांग्रेस र एमाले मिलेर बनेको सरकार अलमलमा परेपछि सत्तारुढबाटै विरोध भइरहेको छ ।

‘भर्खरै नीति तथा कार्यक्रम बहुमतबाट पास भएको छ । सरकार गभर्नर नियुक्तिको ‘म्युजिकल चियर’ मा मस्त छ । कुलिङ पिरियड २ वर्ष कि ३ वर्ष भन्नेमा अन्यौल छ’, उनले भने, ‘प्रदेश सरकार अधिकार पाएनौँ भनेर क्रन्दन पोखिरहेको छ । शिक्षकहरू भर्खरै सन्तोष या असन्तोष भएर हो, चित्त बुझाएर हो कि चित्त नबुझाएर हो ? फर्किएका छन् ।’

गिरीले अलमल नै अलमलका बेला सरकारको नीति तथा कार्यक्रम बहुमतले पास भइसकेकाले अब नअल्मलिएर दृढता साथ अघि बढ्न पनि आग्रह गरे ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १२ : ५५ बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित