तमानखोलाका एक सय सत्र घरमा खानेपानीका धारा जडान | Khabarhub Khabarhub

तमानखोलाका एक सय सत्र घरमा खानेपानीका धारा जडान


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– यहाँको सबैभन्दा विकट तमान खोलागाउँपालिका-६ नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको घरघरमा धारासहित पानीको सुविधा पुगेको हो । एक गाग्री पानी भर्न घण्टौँ कुर्नु पर्ने समस्या समाधान भएको स्थानीयको भनाइ छ । 

गाउँपालिकाको  ४० लाख लागतमा गाउँमा ११७ धारा निर्माण भएका छन् । ‘एक घर, एक धारा’ निर्माण भएपछि समस्या समाधान भएको स्थानीय भिमकुमारी छन्त्यालले बताए। 

छन्त्यालले भने, ‘बिहान सबेरै उठेर धाराबाट पानी ल्याउँदै समय जान्थ्यो, केटाकेटीलाई स्कुल पठाउन सधैँ हतार हुन्थ्यो, अहिले त्यो समयको भने सदुपयोग भएको छ, आँगनमै धारो भएपछि सजिलो भएको छ ।’

खानेपानी आयोजना सम्पन्न गर्न स्थानीयले जनश्रमदानबापत रु पाँच लाख बराबरको काम गरेको थिए । साथै एक लाख स्थानीयले संकलन गरी कुल सो वडाका वडाअध्यक्ष चित्रबहादुर छन्त्यालले बताए। 

आयोजनाद्वारा नर्जा खानी गाउँका १११ घरधुरीमा धारा जोडिएका छन्भने छ वटा सार्वजनिक स्थानमा धारा निर्माण गरिएको छ । आयोजना सुरु भएको दुई वर्षभित्र  गाउँलेले एक घर एक धारा निर्माण गर्न सफल भएका हुन् ।

भौगोलिक हिसाबले कठिन रहेको यस क्षेत्रको खानेपानी समस्या समाधानलाई गाउँपालिकाले पहिलो प्राथामिकतामा राखेको गाउँपालिकाका अध्यक्ष जयकलाले बुढा मगरले बताए।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १ : ०५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार १२ गते बिहीबार। असार

आज २०८२ साल असार १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १२ गते बिहीबार। असार

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख