उपेन्द्रले थाले ‘जारी-२’ सुटिङ, दशैंमै प्रदर्शनमा ल्याउने तयारी « Khabarhub

उपेन्द्रले थाले ‘जारी-२’ सुटिङ, दशैंमै प्रदर्शनमा ल्याउने तयारी


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिट फिल्म ‘जारी’को सिक्वेल ‘जारी–२’को छायाङ्कन सुरु भएको छ । निर्देशक उपेन्द्र सुब्बाले सोमबारदेखि पाँचथरबाट फिल्मको छायाङ्कन सुरु गरेका हुन् ।

पाँचथरमा फिल्मको शुभमुहूर्त गरि निर्देशक सुब्बाले छायाङ्कन सुरु गरेका हुन् । उनका अनुसार यो फिल्मको पूरा छायाङ्कन पाँचथरका विभिन्न रमणीय स्थानमा हुने छ ।

‘जारी’को छायाङ्कन पनि पाँचथरमा नै भएको थियो । ‘जारी–२’ उपेन्द्रको निर्देशन रहने तेस्रो फिल्म हो । उनले यसअघि ‘जारी’ र ‘मनसरा’ निर्देशन गरेका थिए ।

‘जारी–२’को लेखक पनि उपेन्द्र आफैँ हुन् । यस फिल्मको निर्माता भने निर्देशक रामबाबु गुरुङ हुन् ।

‘जारी’को मुनाफालाई लिएर यी दुईको सम्बन्धमा चिसो पसेको थियो । यसको सिक्वेलले उनीहरुको सम्बन्ध सुधार गरिदिएको छ ।

यस फिल्ममा नायकहरु दयाहाङ राई, विजय बराल र नायिका मिरुना मगर शीर्ष भूमिकामा रहने बताइएको छ ।

यो फिल्मलाई दशैंमा प्रदर्शनमा ल्याउने उद्देश्यका साथ निर्देशक सुब्बा छायाङ्कनमा निस्किएका हुन् । अहिलेको अवस्थामा ‘जारी–२’ पनि उक्त मितिमै प्रदर्शनमा आए हलमा ६ वटा फिल्मको प्रतिस्पर्धा हुने देखिन्छ ।

रामबाबुको बाँसुरी फिल्मस् र उपेन्द्रको कबड्डी फिल्मसको ब्यानरमा यो फिल्म बन्न लागेको हो ।

वि.सं २०८० मा प्रदर्शनमा आएको ‘जारी’ले घरेलु बक्स अफिसमा मात्रै १७ करोडमाथिको व्यापार गरेको थियो । डेब्यू फिल्मले उपेन्द्रले हिटको सफलता हात पारेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : ४२ बजे

मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई बुझाइयो

काठमाडौँ-  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ

अमेरिकामा ६ दशक पुरानो नियम खारेज गर्ने तयारी: अब कार्यस्थलमा जातीय र लैङ्गिक विवरण नराखिने

काठमाडौँ – अमेरिकाको रोजगार समान अवसर आयोग (इईओसी) मा रिपब्लिकन

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाहाखाले हाल

विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा