नदी सफा राख्न काठमाडौंमा पानी प्रशोधन प्रणाली जडान  « Khabarhub

नदी सफा राख्न काठमाडौंमा पानी प्रशोधन प्रणाली जडान 


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट निस्किने फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । बिजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहर पानी प्रशोधन हुन्छ । यसको लागत करिब २० लाख रुपैयाँ रहेको छ । 

‘यो नमूना योजना हो । यसको नतिजा हेरेर विस्तार गर्नेछौँ ।’ वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राई भनिन्, ‘काठमाडौँको स्वच्छताका लागि घरेलु फोहर व्यवस्थापनसँगै तरल फोहर व्यवस्थापन आवश्यक छ । सानातिना एकाइमा यसको प्रयोगलाई अहिले हामीले परीक्षण गरेका हौँ ।’

३ दशमलव ६० मिटर लम्बाइ, १ दशमलव २० मिटर चौडाइ र १ दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र ४ वटा च्याम्वर छन् ।

‘शौचालयबाट केही ठोससहितको फोहर पानी प्लान्टमा पुगेपछि पहिले सेडिमेन्टेसनबाट तरल र ठोस छुट्टिन्छ । त्यसपछि एनएरोविक विधिबाट प्रशोधन सुरु हुन्छ’ वरिष्ठ इन्जिनियर निशा कोइरालाले भनिन्, ‘तेस्रो चरणमा एरोविकबाट, चौथो चरणमा फिल्ट्रेसन र डिस्इन्फेक्सन गरिन्छ । यसबाट उत्पादन हुने पानी दुर्गन्धरहित हुन्छ । बोटविरुवामा हाल्न मिल्ने हुन्छ ।’

विभागका इञ्जिनियर रामप्रसाद नेपालका अनुसार प्लाजा परिसरमा ७२ वटा शौचालय छन् । नेपालका अनुसार अहिले ४४ वटा शौचालयबाट आउने तरल पानीलाई नमूनाका रुपमा प्रशोधन गरिएको छ ।

यसबाट प्राप्त भएको नतिजाका आधारमा प्लान्टको क्षमता बढाएर थप शौचालयको तरल पानी मिसाइने छ । प्लाजामा दैनिक करिब ९ हजार लिटर पानीको प्रयोग हुने गरेको महानगरको भनाई छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : २७ बजे

भोजपुरमा माटोका ध्रुवराज निरन्तर अगाडि, एमाले सचिव शेरधन पछ्याउँदै

भोजपुर- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरमा माटो चुनाव चिह्नका उम्मेदवार ध्रुवराज

लमजुङमा रास्वपाका केसी विजयी

लमजुङ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह

अछाम–१ मा कांग्रेसका स्वाँर विजयी, नेकपा रावल पराजित 

अछाम–  प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत अछाम निर्वाचन क्षेत्र नम्बर १

बालेन प्रधानमन्त्री हुने पक्का, रास्वपा नेताहरु भन्छन्– ‘सहमति तलमाथि हुँदैन’

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह झापा ५