आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस् : कमल थापा « Khabarhub

आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस् : कमल थापा


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् ।  

आज पार्टी केन्द्रीय  कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरूले फरक बिचार र मुलुक सञ्चालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारे ।

ब्रम्हलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि हाम्रो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको भन्दै उनले आपत्ती समेत प्रकट गरे । 

‘आन्दोलन शान्तिपूर्ण हुन्छ।  हामी भ्रष्टाचार, कुशासनh, बेरोजगारी , योजनाबद्ध भैरहेको धर्मपरिवर्तनको विरुद्धमा छौ, हामी देशको समृद्धि र प्रगति चाहन्छौँ , राष्ट्रियता बलियो बनाउन चाहन्छौ, प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिदैछ, त्यो चिर्दै अघि बढ्छौँ’ थापाले भने ।

उनले थपे, ‘सरकार हाम्रो जायज माग र आन्दोलनप्रती गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ , दमन गर्न तर्फ अग्रसर भए जनताको अधिकार र भावनालाई कुण्ठित गर्ने दुष्प्रयास गरे स्वभाविक रुपमा असजिलो परिस्थिति निर्माण हुन्छ’ ।

जेठ १५ गतेको तयारीमा जुट्न र बढी भन्दा बढी जनसहभागिता गराउन उपत्यका भरी जनजागरण अभियानमा क्रियाशील हुन कार्यकर्ता पङ्क्तिलाई सो अवसरमा निर्देशन समेत उनले दिए । यो देश बचाउने र बनाउने आन्दोलन भएकोले सबैको सहभागी जरुरी भएको थापाको तर्क छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई थापाले पार्टीमा स्वागत समेत गरे ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ४ : ४७ बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क : वडा सदस्यलाई ५००, केन्द्रीय सभापतिलाई ४० हजार रूपैयाँ

काठमाडौं – नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनका लागि तल्लो निकाय

जलवायु चुनौतीको समाधानमा साझा संकल्प आवश्यक : मन्त्री चौधरी

मुस्ताङ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०