सन नेपाल लाइफको हकप्रद शेयर आवेदन खुल्यो « Khabarhub

सन नेपाल लाइफको हकप्रद शेयर आवेदन खुल्यो


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयरमा मंगलबारदेखि आवेदन खुल्ला भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको १ शेयर बराबर ०.२७ शेयर ९१ : ०.२७० (विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.२७ कित्ता साधारण शेयर) को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको छ । 

अहिले भएका विद्यमान सेयरधनीहरूका लागि १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रति कित्ता १०० रुपैयाँका दरले १ करोड ६ लाख ९६ हजार कित्ता हकप्रद साधारण शेयर निष्कासन खुल्ला गरेको छ । 

उक्त हकप्रद शेयरमा जेठ १९ गतेसम्म आवेदन दिन पाउने छन् । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोको चुक्त पुँजी ५ अर्ब पुर्याउन हकप्रद शेयर निष्कासन गरेको हो । 

कम्पनीको अधिकृत पुँजी ६ अर्ब रुपैयाँ छ भने जारी पुँजी ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ बराबरको रहेको छ । कम्पनीको चुक्ता पुँजी भने ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ मात्र रहेको छ । 

कम्पनीको २ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ ७० प्रतिशत शेयर संस्थापक छ भने १ अर्ब १८ करोड ८४ लाख ८० हजार रुपैयाँ ३० प्रतिशत सर्वसाधारणको रहेको छ । 

हकप्रद शेयर जारी गरेपश्चात् संस्थापकको पुँजी ३ अर्ब ५२ करोड १८ लाख ६२ लाख रुपैयाँ बराबरको ७० प्रतिशत हुने छ भने सर्वसाधारणको १ अर्ब ५० करोड ९३ लाख ६९ हजार रुपैयाँ बराबरको ३० प्रतिशत हुने छ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ५ : १२ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको