महिला टी–ट्वान्टी क्रिकेट : नेपाल हङकङसँग पराजित « Khabarhub

महिला टी–ट्वान्टी क्रिकेट : नेपाल हङकङसँग पराजित


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्वालिफायर क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ । 

थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको खेलमा हङकङले नेपाललाई सात विकेटले पराजित गरेको हो । नेपालले जितका लागि ३० रनको लक्ष्य दिएकामा हङकङले ४ दशमलव ३ ओभरमा ३ विकेटको क्षतीमा उक्त लक्ष्य पूरा गर्‍यो ।

वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो । हङकङका लागि शान्जिन शहजादले अविजित १५ र मारिको हिलले ११ रन बनाइन् । बलिङतर्फ नेपालका लागि कविता कुँवरले दुई विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाउँदै २९ रन बनायो । नेपालका लागि सम्झाना खड्काले १० रन बनाइन् । कप्तान इन्दु बर्माले ९ र रुबिना क्षेत्रीले चार, पूजा महतोले तीन र कविता कुँवरले दुई रन बनाइन् ।

बलिङतर्फ हङकङका लागि एलिसन सिउले तीन विकेट  लिइन् । यसअघि नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । नेपालले दोस्रो खेलमा बहराइनलाई ९ विकेटले हरायो । 

प्रतियोगितामा नेपालसहित आयोजक थाइल्यान्ड, भूटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी छन् । नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालको समूहमा बहराइन र हङकङ छन् । समूह ‘ए’ मा भूटान, कुवेत र थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र युएई छन् । 

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ६ : १६ बजे

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,