महिला टी–ट्वान्टी क्रिकेट : नेपाल हङकङसँग पराजित | Khabarhub Khabarhub

महिला टी–ट्वान्टी क्रिकेट : नेपाल हङकङसँग पराजित


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्वालिफायर क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ । 

थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको खेलमा हङकङले नेपाललाई सात विकेटले पराजित गरेको हो । नेपालले जितका लागि ३० रनको लक्ष्य दिएकामा हङकङले ४ दशमलव ३ ओभरमा ३ विकेटको क्षतीमा उक्त लक्ष्य पूरा गर्‍यो ।

वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो । हङकङका लागि शान्जिन शहजादले अविजित १५ र मारिको हिलले ११ रन बनाइन् । बलिङतर्फ नेपालका लागि कविता कुँवरले दुई विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाउँदै २९ रन बनायो । नेपालका लागि सम्झाना खड्काले १० रन बनाइन् । कप्तान इन्दु बर्माले ९ र रुबिना क्षेत्रीले चार, पूजा महतोले तीन र कविता कुँवरले दुई रन बनाइन् ।

बलिङतर्फ हङकङका लागि एलिसन सिउले तीन विकेट  लिइन् । यसअघि नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । नेपालले दोस्रो खेलमा बहराइनलाई ९ विकेटले हरायो । 

प्रतियोगितामा नेपालसहित आयोजक थाइल्यान्ड, भूटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी छन् । नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालको समूहमा बहराइन र हङकङ छन् । समूह ‘ए’ मा भूटान, कुवेत र थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र युएई छन् । 

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ६ : १६ बजे

खगेन्द्र र गणपतिलालको शपथ रोकियो, बब्लु र सुधामात्रै मन्त्री बन्दै

काठमाडौं- एकपछि अनेक विवाद र गम्भीर काण्ड सार्वजनिक भएपछि खगेन्द्र

महाराजगञ्ज वृत्तका दुई प्रहरीको हत्या : अहिलेसम्म १० जना समातिए, चारजना जेल चलान

काठमाडौं- गत भदौ २४ गते जेन-जीका नाममा भएको विध्वंसक आन्दोलनका

ट्रम्पको उपस्थितिमा थाइल्यान्ड-कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर

क्वालालम्पुर– थाइल्यान्ड र कम्बोडियाले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा

उखु पेलेर पर्व खर्च जुटाउँदै महोत्तरीका किसान

महोत्तरी– यहाँका किसानले उखु पेलेर पर्व खर्च जुटाएका छन् ।

स्वास्थ्य मन्त्रालयले माग्यो रिक्त पदहरूको विवरण

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका अस्पताल तथा स्वास्थ्य