टिपरको ठक्करबाट एक वृद्धको मृत्यु « Khabarhub

टिपरको ठक्करबाट एक वृद्धको मृत्यु


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सिरहा– यहाँको मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७ स्थित फूलबरिया खण्डमा आज टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । चुनढुङ्गा बोकेको टिपरको ठक्करबाट स्थानीय ६५ वर्षीय महेन्द्र महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

उदयपुरबाट चुनढुङ्गा बोकेर तीव्र गतिमा आएको बा प्र ०१-००४ क २९५३ नम्बरको टिपरले ठक्कर दिँदा महराको घटनास्थलमै मृत्यु भएको मिर्चैया प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राज पुरीले जानकारी दिए । 

ठक्कर दिएको टिपर असन्तुलित भएर सोही स्थानबाट सडकमुनि पल्टिएको छ । टिपर चालक भने फरार भएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ६ : २७ बजे

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल