असुल गर्नुपर्ने बेरुजु ३० अर्ब बढी, सबैभन्दा धेरै संघीय सरकारको | Khabarhub Khabarhub

महालेखाको प्रतिवेदन

असुल गर्नुपर्ने बेरुजु ३० अर्ब बढी, सबैभन्दा धेरै संघीय सरकारको


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीनै तहको सरकार र विभिन्न निकायमा असुल गर्नुपर्ने बेरुजु ३० अर्ब रुपैयाँभन्दा धेरै पुगेको छ ।

महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष ०८०/८१ मा नेपाल सरकारको तीन वटै तहको बेरुजु ९१ अर्ब ५९ करोड ७९ लाख पुगेको र त्यसमा असुल गर्नुपर्ने बेरुजु ३० अर्ब १२ करोड ५१ लाख रुपैयाँ पुगेको जनाएको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको बैसठ्ठीऔँ प्रतिवेदनको सारांशअनुसार गत आर्थिक वर्षमा संघीय सरकारी कार्यालयमा मात्रै असुल गर्नुपर्ने बेरुजु १८ अर्ब ३३ करोड २४ लाख रुपैयाँ पुगेको जनाएको छ ।

सोही अवधिमा प्रदेश सरकारी कार्यालयमा ७६ करोड ८५ लाख र स्थानीय सरकारी कार्यालयमा ३ अर्ब ५० करोड ११ लाख रुपैयाँ असुल गर्नुपर्ने बेरुजु पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, विभिन्न समिति तथा अन्य संस्थाहरूमा असुल गर्नुपर्ने बेरुजु ७ अर्ब ५२ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

बेरुजु मध्ये तीनै तहको सरकारी कार्यालय, विभिन्न समिति तथा संस्थामा ५६ अर्ब १२ करोड ४२ लाख रुपैयाँ पुगेको र सो आर्थिक वर्षमा पाँच अर्ब ३४ करोड ४६ लाख रुपैयाँ पेश्की बाँड्ने काम भएको महालेखाको सारांश प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ३ : २१ बजे

भारतको राजस्थानसँग आज पहिलो खेल खेल्दै नेपाल

काठमाडौं – नेपाली महिला राष्ट्रिय टिम मैत्रीपूर्ण खेलका लागि यत्तिबेला

विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सुविधालाई लक्षित

चार दिनदेखि विद्युत आपूर्ति बन्द

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ ।

एआईमा चीन भन्दा अमेरिका अगाडि, आविष्कारसँगै व्यावहारिक प्रयोगको अभ्यास

जेनेभा – संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई)

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी– कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ ।