जलविद्युत कम्पनीबाट जरिवानासहित रोयल्टी असुल गर्नुपर्ने | Khabarhub Khabarhub

महालेखाको प्रतिवेदन

जलविद्युत कम्पनीबाट जरिवानासहित रोयल्टी असुल गर्नुपर्ने


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले कानुन बनाएर जलविद्युत कम्पनीबाट रोयल्टीबापतको ब्याज र जरिवाना असुल गर्नुपर्ने औँल्याएको छ । 

जलविद्युत आयोजनाले सरकारलाई तिर्नुपर्ने रोयल्टी समयमा नबुझाउने गरेको तर, त्यसमा ब्याज र जरिवाना लिने नगरेकाले कानुन बनाएर असुल गर्नुपर्ने महालेखाले आफ्नो ६२औँ प्रतिवेदनको सारांशमा उल्लेख गरेको हो ।

गत आर्थिक वर्षको लेखापरीक्षणको सारांश प्रकाशन गर्दै महालेखापरीक्षकको कार्यालयले १६१ वटा जलविद्युत कम्पनीबाट ४३ करोड २२ लाख ५६ हजार रुपैयाँ रोयल्टी उठाउन बाँकी रहेको समेत जनाएको छ ।

‘आयोजनाले तिर्नुपर्ने रोयल्टी समयमा प्राप्त नभएकोमा ब्याज तथा जरिवाना लिने गरेको देखिँदैन । रोयल्टी बक्यौताको ब्याज तथा हर्जाना सम्बन्धमा कानुनी व्यवस्था गरी रोयल्टी रकम असुल गर्नुपर्दछ’, प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष ०७९-८० मा विभिन्न जलविद्युत कम्पनीले सरकारलाई बुझाउनुपर्ने रोयल्टी २८ करोड ६९ लाख ९५ हजार रहेकोमा गत आर्थिक वर्षसम्ममा ठूलो मात्रामा बढेको महालेखाले जनाएको छ ।

 १६१ वटा जलविद्युत कम्पनीबाट गत आर्थिक वर्षमा अर्ब ४४ करोड ४४ लाख ४६ हजार रुपैयाँ असुल गरेको समेत महालेखाले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ४ : ०४ बजे

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

कञ्चनपुर– भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–

भारतको राजस्थानसँग आज पहिलो खेल खेल्दै नेपाल

काठमाडौं – नेपाली महिला राष्ट्रिय टिम मैत्रीपूर्ण खेलका लागि यत्तिबेला

विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सुविधालाई लक्षित

चार दिनदेखि विद्युत आपूर्ति बन्द

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ ।

एआईमा चीन भन्दा अमेरिका अगाडि, आविष्कारसँगै व्यावहारिक प्रयोगको अभ्यास

जेनेभा – संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई)