टेलिकम कम्पनीहरूबाट अर्बौं दस्तुर उठाउन महालेखाको ताकेता | Khabarhub Khabarhub

महालेखाको प्रतिवेदन

टेलिकम कम्पनीहरूबाट अर्बौं दस्तुर उठाउन महालेखाको ताकेता


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले टेलिकम कम्पनीहरूबाट अर्बौं थप दस्तुर उठाउन सरकारलाई ताकेता गरेको छ ।

 महालेखापरीक्षकको कार्यालयले ६२औँ वार्षिक प्रतिवेदनको सारांश सार्वजनिक गर्दै टेलिकम कम्पनीहरूले नवीकरण दस्तुरबापत सरकारलाई बुझाउनुपर्ने रकम समयमा नै नबुझाएको भन्दै थप दस्तुरसहित असुल गर्नुपर्ने औँल्याएको हो ।

नेपाल टेलिकमको दोस्रो पटकको नवीकरणको म्याद ०७६ वैशाख २५ गते सकिएको र लाइसेन्स नवीकरणबापत बुझाउनुपर्ने २० अर्ब सो समयको तीन महिना अघि नै बुझाउनुपर्नेमा सो समयमा जम्मा १८ करोड ९० लाख रुपैयाँ मात्रै बुझाएको महालेखाले औँल्याएको छ । बाँकी १९ अर्ब ८१ करोड १० लाख रुपैयाँ ०८१ वैशाख २५ गते मात्रै बुझाएको भन्दै १५ प्रतिशतले थप दस्तुर टेलिकमसँग असुल गर्नुपर्ने महालेखाले सरकारलाई ताकेता गरेको छ । जुन रकम दुई अर्ब ९७ करोड १६ लाख ५० हजार रुपैयाँ बराबर हुन्छ ।

त्यस्तै, महालेखाले निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पनि तेस्रोपटक नवीकरण गर्दा पूरै दस्तुर नबुझाएको भन्दै थप दस्तुर लिन सरकारलाई ताकेता गरेको छ । एनसेलले गत वैशाख १५ सम्म नवीकरण दस्तुर २० अर्ब बुझाउनुपर्नेमा ६ अर्ब ४० करोड रुपैयाँ मात्रै बुझाएकोले एनसेलमार्फत् थप २ अर्ब चार करोड रुपैयाँ असुल गर्नुपर्ने महालेखाले औँल्याएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ५ : ०७ बजे

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

कञ्चनपुर– भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–

भारतको राजस्थानसँग आज पहिलो खेल खेल्दै नेपाल

काठमाडौं – नेपाली महिला राष्ट्रिय टिम मैत्रीपूर्ण खेलका लागि यत्तिबेला

विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सुविधालाई लक्षित

चार दिनदेखि विद्युत आपूर्ति बन्द

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ ।

एआईमा चीन भन्दा अमेरिका अगाडि, आविष्कारसँगै व्यावहारिक प्रयोगको अभ्यास

जेनेभा – संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई)