देशभरका अस्पतालमा करोडौँ मूल्यका उपकरण प्रयोगविहीन « Khabarhub

महालेखाको प्रतिवेदन

देशभरका अस्पतालमा करोडौँ मूल्यका उपकरण प्रयोगविहीन

बीपी प्रतिष्ठानमा भेन्टिलेटर सहितको २० आइसीयु र ट्रमा सेन्टरका १४ थान भेन्टिलेटरसमेत प्रयाेगविहीन


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमडौं– विभिन्न अस्पतालहरूले विगतमा खरिद गरेका करोडौँ मूल्यका उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ । 

महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको लेखापरीक्षणको सारांशअनुसार कोशी अस्पतालमा भेण्टिलेटर लगायत २ करोड ८ लाख ६५ हजार मूल्यका ५ प्रकारका उपकरण, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा विगतमा आफैंले खरिद गरेको थियो ।

स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको भेन्टिलेटर लगायत ४ करोड २९ लाख ६५ हजार मूल्यका ७ प्रकारका उपकरण र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको ५ करोड ५९ लाख ४९ हजार मूल्यको पोर्टेबल, यु.एस.जी मेसिन र ११ थान भेन्टिलेटर, शहीद गंगालाल हृदयरोग केन्द्रमा २ करोड २५ लाख मूल्यको प्लाज्मा स्ट्रेलाइजर मेसिन १ थान लगायतका उपकरण प्रयोगविहीन अवस्थामा रहेको पाइएको हो । 

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उपलब्ध कोभिड १९ प्रयोजनको लागि स्थापना भएको बेडको अस्पताल तत्पश्चात डेङ्गु उपचारका लागि प्रयोगमा ल्याइएकोमा हाल भेन्टिलेटर सहितको २० आइसीयु र सो अस्पतालमा प्रयोग भएका २४ करोड ५१ लाख ५२ हजारको उपकरण, ट्रमा सेन्टर अस्पतालमा मुटुरोगको उपचारमा प्रयोग हुने अमेरिकी डलर ५० हजार ५ सयको क्याथल्याब मेसिन तथा २ करोड ५१ लाख ३२ हजार मूल्यको १४ थान भेन्टिलेटर, ८६ लाख ११ हजारका ५ थान सि आर्म मेसिन र ९९ लाख ६६ हजार मूल्यका ब्याकम्यान काउण्टर बिग्रिएका कारण सञ्चारणमा नरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थामा रहेका उपकरणको सञ्चालन सम्बन्धमा अनुगमन गरी लागत तयार गर्नुका साथै प्रभावकारी उपयोगको व्यवस्था मिलाउन सुझाव दिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ५ : २९ बजे

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही