मखनटोल आगलागी : मृतक वृद्धाको सनाखत « Khabarhub

मखनटोल आगलागी : मृतक वृद्धाको सनाखत


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिका-२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई घरमा आगलागी हुँदा मृत्यु भएकी वृद्धाको सनाखत भएको छ । 

उक्त दुर्घटनामा परेर काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

आज बिहान ग्यास चुहिएर दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरमा लागेको आगो नजिक रहेको रुकेश श्रेष्ठको पाँचतले पक्की घरमा समेत फैलिएको थियो । आगलागी बिहान १० बजे पूर्णरूपमा नियन्त्रणमा आएको थियो । 

करिब तीन घण्टासम्म लागेको आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक बोहराले बताए। जुद्ध बारुणका दुई, नेपाली सेनाको एक, ललितपुर महानगरपालिकाको एक, रामहिटीको एक र बालाजु औधोगिक क्षेत्रको एक गरी छ वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।
 

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ७ : ५१ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी