उभौलीको रौनक : टोलटोलमा साकेला सिली « Khabarhub

उभौलीको रौनक : टोलटोलमा साकेला सिली


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

भोजपुर – वैशाख शुक्ल पूर्णिमासँगै किरात समुदायमा उभौली पर्वको रौनक सुरु भएको छ । उभौलीमा किरात समुदायले प्रकृतिको पूजागरी अन्नबाली राम्रो होस्, रोग व्याधी नलागोस् जस्ता कामना गर्ने गर्छन् ।

साथै एक महिनासम्म साकेला सिली नाच्ने गरिन्छ । यहाँका विभिन्न टोलटोलमा साकेला सिली सुरु भएको छ । आगामी जेठ १० गतेसम्म सिली प्रदर्शन गरिने किरात राई यायोक्खा भोजपुरका कार्यवाहक अध्यक्ष विदुर राईले जानकारी दिए । भाषा, संस्कार र संस्कृतिले आआफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने अध्यक्ष राईको भनाइ छ ।

किरात बस्तीहरू केही दिनयता ढोल, झ्याम्टाले गुञ्जायमान बनेका छन् । भोजपुरसँगै खोटाङ, उदयपुर, सुनसरी, ओखलढुङ्गा, धनकुटामालगायतका पहाडी जिल्लाहरुमा पनि उभौली धुमधामले मनाउने गरिन्छ ।

साकेला सिलीमा जातीय पहिचान झल्किने पहिरन लगाउने गरिन्छ । पुरुषहरुले कालो कोट, खाँडीको कपडा, अल्लोको धागोबाट बनेको दौरा–सुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौरीको पुच्छरलगायत सिन्कौलीको सेउली हल्लाउँदै, ढोल, झ्याम्टा बजाएर नाच्ने गर्छन् ।

त्यसैगरी महिला चौबन्दी चोलो, फरिया, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल र कम्मरमा हँसियासहित परम्परागत गरगहनाले सजिएर नाच्ने गर्दछन् । हिजोआज किरात समुदाय मात्र नभई अन्य समुदायका युवाहरुलेसमेत साकेलामा सहभागी भई नाच्न थालेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ८ : ३९ बजे

सिन्धुपाल्चोकमा टिपर दुर्घटना: हाम फालेका लामाको च्यापिएर मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा बुधबार

खुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?

के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको

खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

चितवन– भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व

पत्रकार श्रेष्ठ पक्राउबारे राप्रपाको ध्यानाकर्षण: ‘समाचारकै आधारमा पक्राउ गर्नु उपयुक्त भएन’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ पत्रकार किशोर