संविधान दिवसको अवसरमा बेलायती महारानीले दिइन् नेपाली जनतालाई शुभकामना | Khabarhub Khabarhub

संविधान दिवसको अवसरमा बेलायती महारानीले दिइन् नेपाली जनतालाई शुभकामना


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुले नेपाल सरकार र नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन् ।

संयुकत अधिराज्य (बेलायत)की महारानी एलिजाबे द्वितीयाले पनि संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनतालाई शुभकामना व्यक्त गरेकी छन् ।

महारानी एलिजाबेथले एक सन्देशमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली जनतालाई संविधान दिवसको शुभकामना व्यक्त गरेकी हुन् ।

एलिजाबेथ द्वितीयाका अतिरिक्त थाइल्यान्डका नरेश महा वजिरलोङकर्न फ्रा वजिरक्लाओचाओयुहुआ, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रपति चो रोङ हे, अरब गणतन्त्र, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र म्यान्माका राष्ट्रपति विनमिन्टले राष्ट्रपति भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर संविधान दिवसको अवसरमा हार्दिक बधाई ज्ञापनसहित शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ११ : १३ बजे

सीमानाका आवातजावतमा कडाइ

सुदूरपश्चिम – नेपालको पछिल्लो अवस्थालाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका सीमानाकामा

जेन-जी आन्दोलन : ज्यान गुमाउनेको संख्या ३० पुग्यो, हजार बढी घाइते

काठमाडौं – जेनजीहरुको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ

जेन-जीलाई ओलीको सन्देश – तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भयो

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी

आपसमा विवाद गरेपछि सेनाले जङ्गीअड्डाको गेटबाटै फर्काइदियो जेन-जी समूहलाई

काठमाडौँ – सैनिक मुख्यालय जङ्गीअड्डाको गेटमा भावी सरकारको नेतृत्वमा आ-आफूले

सेनापतिसँगको फोटो सार्वजनिक गर्दै दुर्गा प्रसाईँले भने – ‘दिनभर छलफल भयो, नेतृत्वको मोह छैन भनेँ’

काठमाडौँ – मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका पूर्वकमाण्डर दुर्गा प्रसाईँले