गैरआवासीय नेपालीलाई ठूला पूर्वाधारमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह | Khabarhub Khabarhub

गैरआवासीय नेपालीलाई ठूला पूर्वाधारमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशका ठूला पूर्वाधारमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् ।

गैर–आवासीय नेपाली सङ्घ(एनआरएनए)द्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष ढकालले विश्वभर फैलिएको नेपाली डायस्पोरामा नवीनता र वित्तीय पुँजी रहेको र त्यसलाई सदुपयोग गरेर देश विकासमा लाग्नुपर्नेमा जोड दिए ।

उनले भने, “एनआरएनए अलगअलग होइन, एकजुट भएर जानुपर्दछ । नेपाली जहाँ पनि राजनीति गर्छन् भन्ने सन्देश प्रवाह भएको छ । यो सकारात्मक होइन । यसलाई चिर्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।”

एनआरएनले उठाएका मुद्दामा महासङ्घले समर्थन गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले गैरआवासीय नेपालीलाई अधिकार मात्र खोज्नेभन्दा पनि देशप्रतिको कर्तव्यलाई सम्झेर काम गर्न आग्रह गरे ।

“म विदेश यात्राका क्रममा डायस्पोराबाट कहिलेकाहीँ नकारात्मक टिप्पणी हुने गरेको सुनेको छु । अमेरिका, अष्ट्रेलिया, कोरियाको तुलनामा हाम्रो देशमा कम विकास भएको छ । त्यसैले एनआरएनएसँगको अनुभव, पुँजी, सीप र प्रविधिलाई नेपालमा प्रयोग गरेर नेपाललाई पनि अरू देश जस्तै समृद्ध मुलुक बनाउने काम गर्न आग्रह गर्दछु,” उनले भने ।

नेपालको पूर्वाधार विकासका लागि उद्योग वाणिज्य महासङ्घको पहलमा १० अर्ब पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरी काम भइरहेको जानकारी दिँदै एनआरएनएलाई पनि कम्पनीमा सहभागी हुनआह्वान गरे ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ८ : ४८ बजे

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको