गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने « Khabarhub

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कृषि, पर्यटन र स्वास्थ्यलाई प्राथमिकता दिने भएको छ । प्रदेशको दोस्रो पञ्चवर्षीय योजनालाई आधार बनाएर बजेट निर्माण हुने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताए ।

“कृषि, पर्यटन, स्वास्थ्यलगायत सामाजिक विकासका क्षेत्रलाई बजेटले प्राथमिकताकासाथ समेट्छ”, उनले भने, “योजना आयोगले मन्त्रालयहरुलाई सोही अनुसारको सुझावसहित बजेट सिलिङ तोकेको छ ।”

प्रदेश स्रोत अनुमान समितिले आगामी आवका लागि रु २९ अर्ब ५० करोड बराबरको बजेट बनाउन सरकारलाई सिफारिस गरेको उक्त समितिका संयोजकसमेत रहनुभएका डा देवकोटाले जानकारी दिए । “मन्त्रालयगत रुपमा बजेटको सिलिङ तोकेर पठाएका छौँ, अर्थ मन्त्रालयलगायत अन्य विषयगत मन्त्रालय बजेट निर्माणको तयारीमा जुटेका छन्”, उनले भने, “चालु आवको भन्दा आगामी आवको बजेटको आकार घट्ने अनुमान गरिएको छ ।”

प्रदेश सरकारले चालु आवका लागि रु ३२ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । आगामी आवमा झण्डै तीन अर्बले बजेट खुम्चने देखिएको हो । समानीकरण अनुदानमा भएको कटौती र राजस्व कम उठ्दा बजेट घट्ने भएको हो । “सङ्घ सरकारको बजेट कसरी आउँछ त्यसले पनि प्रदेशको बजेट आकारमा घटबढ हुनसक्छ,”, उपाध्यक्ष डा देवकोटाले भने, “गण्डकी प्रदेशको अहिलेको अवस्था हेर्दा बजेटको आकार घट्छ ।”

उनले प्रदेश सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा नीतिगत सुधारका विषयलाई बढी जोड दिन खोजिएको उल्लेख गरे ।

आर्थिक मामिला मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिजालले बजेट निर्माणको तयारी अगाडि बढेको बताए । बजेट तर्जुमा र समन्वयका विषयमा स्थानीय तहहरुसँग पूर्वतयारी छलफल भइरहेको उनको भनाइ छ ।

निजी क्षेत्रका उद्योगी, व्यवसायी र अर्थ विज्ञहरुसँग पनि बजेट निर्माणबारे छलफल गरिएको उनले बताए । आर्थिक मामिला मन्त्रालयले बिहीबारदेखि विषयगत मन्त्रालयहरुसँग छलफल गर्दैछ । बजेट निर्माणको प्रक्रियालाई सहभागितामूलक बनाउन मन्त्रालयले बजेट पूर्वतयारी छलफल गरेको हो । प्रदेश सरकारले आगामी असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १० : ११ बजे

विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर-  झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८

पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिरहरू) 

पोखरा– स्थानीयवासीको पटकपटकको दबाब र विरोधपछि पोखराको हरिचोक–याम्दी सडकखण्ड अन्ततः

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध