चिनियाँ डाटा नियन्त्रण उल्टियो : पार्टी अधिकारीहरू नै बने निशाना « Khabarhub

चिनियाँ डाटा नियन्त्रण उल्टियो : पार्टी अधिकारीहरू नै बने निशाना


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय सेनाले आफूहरुको लडाइँ आतंकवादविरुद्ध भए पनि पाकिस्तानले त्यसलाई आफ्नो लडाइँ बनाएको बताएको छ ।

भारत र पाकिस्तानकोे सैन्य अपरेशन महानिर्देशक (डाइरेक्टरल जनरल मिलिट्री अपरेशन्स, डीजीएमओ) बीचको वार्तापछि एयरफोर्स एयर मार्शल अवधेशकुमार भारतीले उक्त लडाइँलाई पाकिस्तानले आफ्नो लडाइँ बनाएको बताएका हुन् ।

आतंकवाद विरुद्धको अपरेशन सिन्दूरबारे लगातार दोस्रो दिन सोमबार पत्रबार सम्मेलन गर्दै सेनाका डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घई, नेवीका भाइस एडमिरल एएन प्रमोद र एयरफोर्स एयर मार्शल भारतीले उक्त जानकारी दिएका हुन् ।

भारतीले भने, ‘हाम्रो लडाइँ आतंकवादीहरुसँग हो । हाम्रो लडाइँ पाकिस्तानी सेनासँग हैन । पाकिस्तानी सेनाले आतंकवादीलाई साथ दियो । त्यसको हामीले जवाफ दियौँ ।’

यसअघि आइतबार साँझ एक घण्टा १० मिनेट भारतीय सेनाले पत्रकार सम्मेलन गरेको थियो । भारत र पाकिस्तानबीच १० मे (शनिबार साँझ) ५ बजेदेखि संघर्षविराम (युद्धविराम) भएको थियो ।

भारतीले आफूहरु नयाँ मिशनका लागि तयार रहेको जनाएका छन् । उनले भने, ‘म स्पष्ट शब्दमा भन्न चाहन्छु कि सबै सैन्य बेस र प्रणाली सही छन् हामी नयाँ मिशनका लागि तयार छौँ ।’

त्यस्तै एएन प्रमोदले आफूहरुका पाइलट २४ घण्टा नै अलर्ट मोडमा रहेको बताए । उनले भने, ‘नौसेना सर्भिलेन्स खोजमा लागिरहेको थियो । हामीले खतरा पहिचान गर्यौँ । जसका कारण हामीले तत्काल त्यसलाई व्यवस्थापन गर्न सक्यौँ । नयाँ प्रविधियुक्त राडारका माध्यमबाट हामीले ड्रोन, हाइस्पिड मिसाइल र एयरक्राफ्टका बारेमा जानकारी पायौँ ।’

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ३ : ०० बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,