चिनियाँ डाटा नियन्त्रण उल्टियो : पार्टी अधिकारीहरू नै बने निशाना | Khabarhub Khabarhub

चिनियाँ डाटा नियन्त्रण उल्टियो : पार्टी अधिकारीहरू नै बने निशाना


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय सेनाले आफूहरुको लडाइँ आतंकवादविरुद्ध भए पनि पाकिस्तानले त्यसलाई आफ्नो लडाइँ बनाएको बताएको छ ।

भारत र पाकिस्तानकोे सैन्य अपरेशन महानिर्देशक (डाइरेक्टरल जनरल मिलिट्री अपरेशन्स, डीजीएमओ) बीचको वार्तापछि एयरफोर्स एयर मार्शल अवधेशकुमार भारतीले उक्त लडाइँलाई पाकिस्तानले आफ्नो लडाइँ बनाएको बताएका हुन् ।

आतंकवाद विरुद्धको अपरेशन सिन्दूरबारे लगातार दोस्रो दिन सोमबार पत्रबार सम्मेलन गर्दै सेनाका डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घई, नेवीका भाइस एडमिरल एएन प्रमोद र एयरफोर्स एयर मार्शल भारतीले उक्त जानकारी दिएका हुन् ।

भारतीले भने, ‘हाम्रो लडाइँ आतंकवादीहरुसँग हो । हाम्रो लडाइँ पाकिस्तानी सेनासँग हैन । पाकिस्तानी सेनाले आतंकवादीलाई साथ दियो । त्यसको हामीले जवाफ दियौँ ।’

यसअघि आइतबार साँझ एक घण्टा १० मिनेट भारतीय सेनाले पत्रकार सम्मेलन गरेको थियो । भारत र पाकिस्तानबीच १० मे (शनिबार साँझ) ५ बजेदेखि संघर्षविराम (युद्धविराम) भएको थियो ।

भारतीले आफूहरु नयाँ मिशनका लागि तयार रहेको जनाएका छन् । उनले भने, ‘म स्पष्ट शब्दमा भन्न चाहन्छु कि सबै सैन्य बेस र प्रणाली सही छन् हामी नयाँ मिशनका लागि तयार छौँ ।’

त्यस्तै एएन प्रमोदले आफूहरुका पाइलट २४ घण्टा नै अलर्ट मोडमा रहेको बताए । उनले भने, ‘नौसेना सर्भिलेन्स खोजमा लागिरहेको थियो । हामीले खतरा पहिचान गर्यौँ । जसका कारण हामीले तत्काल त्यसलाई व्यवस्थापन गर्न सक्यौँ । नयाँ प्रविधियुक्त राडारका माध्यमबाट हामीले ड्रोन, हाइस्पिड मिसाइल र एयरक्राफ्टका बारेमा जानकारी पायौँ ।’

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ३ : ०० बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार

आज २०८२ साल असार २१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार