बिहीबार भगवान विष्णुको पूजा | Khabarhub Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ १ गते बिहीबार। जेठ कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ मे १५ तारिख। अन्तर्राष्ट्रि परिवार दिवस।

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ५ : २३ बजे

गभर्नरबारे प्रधानमन्त्रीको नयाँ तर्क- आफ्ना मान्छे होइन, ‘मेरिटोक्रेसी’बाट क्षमतावान ल्याउँछौँ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा

कालीगण्डकीको पानीले लिफ्टमार्फत दम्काफाँटमा सिँचाइ

गलकोट– बागलुङकै ठूलो खेतीयोग्य जमिनमध्येको एक बलेवाको दम्काफाँटमा कालीगण्डकीको पानी

सवा तीन अर्बको भ्रष्टाचार मुद्दा लागेपछि बस्नेतको सांसद पद निलम्बित हुने

काठमाडौं– नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको पद निलम्बित हुने भएको

तालिबानका प्रभावशाली नेताको गोप्य भारत भ्रमण

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारका आन्तरिक मामिला मन्त्रालयका उपप्रमुखले

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

काठमाडौं – राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष