संविधान दिवसको अवसरमा ६ सय ३४ जनालाई पदक (सूचिसहित) | Khabarhub Khabarhub

संविधान दिवसको अवसरमा ६ सय ३४ जनालाई पदक (सूचिसहित)


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधान दिवसको अवसर पारेर ६३४ जनालाई सम्मानित गरिएको छ । विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा सम्मानित गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यो वर्षको संविधान दिवसको अवसरमा महा उज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) बाट स्व. मदनमणि दीक्षित र रवीन्द्रप्रसाद अधिकारीलाई सम्मानित गरिएको छ।

दीक्षित वरिष्ठ साहित्यकार तथा पूर्व पर्यटनमन्त्री अधिकारीलाई मरणोप्रान्त यो सम्मान गरिएको हो । दीक्षितको यही साउन ३० गने निधन भएको थियो। अधिकारीको फागुन १५ गते ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा परी ज्यान गएको थियो ।

त्यस्तै उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाललाई सम्मानित गरिएको छ। सुप्रसिद्ध प्रवल जनसेवाश्रीबाट प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाह, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, तथा स्व. पर्यटन व्यवसायी आङछिरीङ शेर्पासहित ७ जनालाई सम्मानित गरिएको छ।

उज्ज्वल कीर्तिमय राष्ट्रदीप प्रा.डा. भगवान कोइरालासहित ८ जनालाई प्रदान गरिएको छ। गृहका अनुसार सुप्रवल जनसेवाश्री ११३, कीर्तिमय राष्ट्रदीप ७, प्रवल जनसेवा श्री (चुतर्थ) २०२, जनसेवा श्री (पञ्चम श्रेणी) ११० जनालाई प्रदान गरिएको छ। नागरिक तथा राष्ट्रसेवकले प्राप्त गर्ने अलङ्कारबाट ७ विभूषित हुने भएका छन्।

पदक पाउनेको नामावली हेर्नुहोस्

नेपाली सेनाले मात्र प्राप्त गर्ने परम पौरखबाट सहायक रथी विनोद पाण्डे विभूषित भएका छन्। सशस्त्र प्रहरीले मात्र प्राप्त गर्ने नेपाल प्रताप सुभूषण ३० जनाले प्राप्त गरेका छन्।

नेपाली सेनाले मात्र प्राप्त गर्ने अतिपौरख भाष्करबाट २०, सशस्त्र प्रहरीले मात्र प्राप्त गर्ने नेपाल प्रताप आभूषणबाट २३, समाजसेवा रत्नबाट १६, नेपाली सेनाले मात्र प्राप्त गर्ने महापौरख भाष्करबाट ४३, सशस्त्र प्रहरीले मात्र प्राप्त गर्ने नेपाल प्रताप भूषणबाट १६ जना सम्मानित भएका छन्।

पदतफर्त लोकश्री १, राष्ट्रसेवक २, सत्कार्य पदक १, शिक्षाज्योति पदक ५, सगरामाथा पदक १, सुकीर्ति पदक ६, वीरता पदक ५ र शौर्य पदक ६ जनालाई प्रदान गरिएको छ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १२ : ०५ बजे

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

काठमाडौं–  उपसभामुख इन्दिरा रानामगर दक्षिण अफ्रिका दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

काठमाडौं– एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८३

मुलुकको समृद्धि नै संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति

 काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि

औषधि मूल्य समायोजन प्रतिवेदन सार्वजनिक नहुँदै व्यवसायी आन्दोलित, आफ्नो मात्र हित नहेर्न आग्रह 

औषधीको मूल्य नीति सुझाव समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइएको

ड्यालसमा महावाणिज्य दूतावास सञ्चालन प्रक्रिया अघि बढ्यो

टेक्सास– नेपाल सरकारले अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा स्थापना गर्न