चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपालमा | Khabarhub Khabarhub

चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपालमा


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी चार दिने नेपाल भ्रमणका लागि बुधबार राति काठमाडौं आइपुगेका छन् ।

उपसभामुख इन्दिरा राना मगरको निमन्त्रणामा उपाध्यक्ष सियाओ सहितको १५ सदस्यीय संसदीय प्रतिनिधि मण्डल नेपाल आएको हो ।  

उपाध्यक्ष सियाओसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही, नेपाल–चीन संसदीय मैत्री समुहका संयोजक नारायणकाजी श्रेष्ठ, नेपालका लागि चीनका राजदूत छङ सोङ, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा उपाध्यक्ष सियाओले प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेट गर्नेछन् भने उपसभामुख रानासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उपाध्यक्ष सियाओको सम्मानमा उपसभामुख रानाले बिहीबार साँझ रात्रिभोजको आयोजना गर्नेछिन् । 

सियाओ नेतृत्वको संसदीय  प्रतिनिधि मण्डल नेपाल सरकारले आयोजना गर्ने सगरमाथा संवाद कार्यक्रममा सहभागी हुनेछ । यस्तै, काठमाडौंका बौद्धनाथ, स्वयम्भूनाथ, बसन्तपुर दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्ने कार्यक्रम समेत रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

प्रतिनिधि मण्डल भ्रमण सम्पन्न गरि जेठ ३ गते दिउँसो चीन फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ८ : १० बजे

इजरायली सेनाद्वारा गाजा सहरको वरपर खाली गर्न आदेश

जेरुसेलम– इजरायली रक्षा बल (आइडिएफ) ले बुधबार साँझ चेतावनी जारी

दमकको बिजनेस टावर शुल्क लिएर सञ्चालन गर्न दिने सरकारको निर्णय

काठमाडौं- झापाको दमकमा झन्डै दुई अर्ब खर्चिएर बनाइएको १८ तले

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको पहिलो बैठक सम्पन्न

काठमाडौं–  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको संयोजकत्वमा

विराटनगर महानगरको बेरुजु सबैभन्दा कम, ०.३२ प्रतिशत मात्रै

 विराटनगर– छ वटा महानगरमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको

कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण