भूमिहीन भएको चार दशकपछि जग्गाधनी पुर्जा | Khabarhub Khabarhub

भूमिहीन भएको चार दशकपछि जग्गाधनी पुर्जा


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि बाँकेको कोहलपुरका भूमिहीन सुकुम्वासी परिवारमा खुसियाली छाएको छ ।

४४ वर्षदेखि भूमिहीन अवस्थामा रहेका कोहलपुर नगरपालिका–१ निवासी ८० वर्षीय सनबहादुर रानाले लालपुर्जा प्राप्त गरेपछि जीवनमा पहिलोपटक धेरै खुसी लागेको बताए । उनले भने, ‘सरकारले लालपुर्जा दिएर हाम्रो आत्मलाई खुसी बनाएको छ ।’

कोहलपुर नगरपालिका–१ का १२० भूमिहीन सुकुम्वासी र भूमिहीन दलित परिवारलाई भूमि समस्या समाधान आयोगमार्फत प्रतिपरिवार ३४० वर्गमिटर अर्थात् करिब एक कट्ठा जमिनको जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

स्थानीय लक्ष्मीबहादुर महतले पहिले भूमिहीन सुकुम्वासीका रूपमा रहेको आफ्नो पहिचान अब फेरिएको भन्दै खुसी व्यक्त गरे ।

पुस्तौँदेखि ऐलानी जमिनमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्वासी परिवारले लालपुर्जा पाएको कोहलपुर नगरपालिका–१ का वडाध्यक्ष बद्रीप्रसाद जैसीले बताए । भूमिहीन वडावासीलाई लालपुर्जा वितरण गर्न पाउँदा आफूलाई समेत खुसी लागेको भन्दै उनले वडाका सबै भूमिहीन सुकुम्वासीलाई क्रमशः लालपुर्जा वितरण गर्नेगरी पहल भएको बताए ।

भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जिल्लामै पहिलोपटक कोहलपुर नगरपालिका–१ क्षेत्रका भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गरिएको बताए ।

अध्यक्ष खनालले जेठको दोस्रो सातासम्म विभिन्न स्थानीय तहका थप ९३६ जनालाई लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको जानकारी दिए । 

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ८ : २० बजे

क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु

बागमती– जेन-जी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालय भवन जलेपछि हेटौँडास्थित आन्तरिक

भूत मेलाको लागि प्रख्यात भगवती सोनासतिमाई

जलेश्वर– महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइल गाउँमा अवस्थित सोनासति महारानीको

रास्वपाको वेबसाइट ह्याक गरेर रविबारे लेखियो : न माफी दिन्छौँ, न त बिर्सिन्छौँ

काठमाडौं- ‘जेनजी राइजिङ नेपाल’ नामको एक ह्याकर समूहले रवि लामिछाने

तुइनखोला नजिक खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने

काठमाडौं– चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउन बुधबार

स्वास्थ्य बीमा कार्यक्रम : काभ्रेमा आठ केन्द्रबाट प्रथम सेवा

काभ्रेपलाञ्चोक– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रले