रिठ्ठेपानी डाँडा कटानमा आर्थिक अनियमितता ? | Khabarhub Khabarhub

महालेखा प्रतिवेदन

रिठ्ठेपानी डाँडा कटानमा आर्थिक अनियमितता ?


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

पोखरा– चीन सरकारको सहयोगमा बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा रिठ्ठेपानी डाँडा कटानमा देखिएको आर्थिक गतिविधि र प्रक्रियालाई महालेखा परीक्षकको प्रतिवेदनले शंकास्पद देखाएको छ ।

विमानस्थलको पूर्वतर्फ करिब १.५ किलोमिटर दूरीमा रहेको रिठ्ठेपानी डाँडा विमानस्थलको फ्लाइट प्रोसिड्योर डिजाइनमा अवरोध हुने भन्दै काट्नुपर्ने देखाइएको थियो । त्यसको लागि  ३२ करोड ६८ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो भने ३२ करोड ३० लाखमा संयुक्त उपक्रमसँग ठेक्का सम्झौता भएको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनअनुसार, २०७५ सालमा पोखरा महानगरपालिका–२६ नं. वडा कार्यालयले पठाएको पत्रमा स्थानीय बासिन्दाहरूले आफूहरूले नै माटो काट्न अनुमति मागेको उल्लेख छ । तर परियोजनाले कटान गर्नुपर्ने कुल माटोको परिमाण र स्थानीय बासिन्दाले काट्ने परिमाणको कुनै स्पष्ट अभिलेख राखेको छैन । सो अभिलेखबिना नै ठेक्का सम्झौता गरी सार्वजनिक खर्च देखाइएको हो ।

त्यसैगरी, निर्माण कार्यका लागि बोलपत्र पेस गर्ने १० मध्ये ९ बोलपत्रदाताको कर चुक्ता प्रमाणपत्र र बिड बण्डको वैधता नपाएको उल्लेख छ । यस्ता कमजोरी हुँदाहुँदै पनि एक जना बोलपत्रदातासँग लागत अनुमानभन्दा ०.०९ प्रतिशत कम दरमा ठेक्का सम्झौता गरिएको छ ।


ठेक्का अनुसार, ४ लाख २० हजार ४२८ घनमिटर माटो कटान र विसर्जन गर्न निर्माण व्यवसायीले २९ करोड ६९ लाखको कबोल गरेको देखिन्छ । अन्तिम बिलअनुसार ९९.४९ प्रतिशत अर्थात् २९ करोड ५४ लाख भुक्तानी भइसकेको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  २ : २५ बजे

विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सुविधालाई लक्षित

चार दिनदेखि विद्युत आपूर्ति बन्द

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ ।

एआईमा चीन भन्दा अमेरिका अगाडि, आविष्कारसँगै व्यावहारिक प्रयोगको अभ्यास

जेनेभा – संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई)

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी– कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्नेको उत्साहजनक सहभागिता 

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि