महालेखाको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस, कर्णालीको बेरुजु ४५ करोड ९४ लाख « Khabarhub

महालेखाको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस, कर्णालीको बेरुजु ४५ करोड ९४ लाख


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– महालेखापरीक्षकको कार्यालयको कर्णाली प्रदेशको सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख यज्ञराज जोशी सामु बुझाएको छ । कर्णाली प्रदेशका निकाय तथा कार्यालयको आर्थिक वर्ष २०८०.८१ को विनियोजन, राजस्व, धरौटी, र अन्य कोष तथा बक्यौतासमेत लेखापरीक्षण सम्पन्न गरी प्रतिवेदन कार्यालयका नायब महालेखापरीक्षक रामप्रकाश महतोमार्फत प्रदेश प्रमुख समक्ष पेश गरिएको हो । 

कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८०-०८१ मा एक ४० कार्यालयको ३७ अर्ब ५८ करोड ६६ लाख ९९ हजारको लेखापरीक्षण सम्पन्न गरिएको मध्ये प्रदेश मन्त्रालय तथा निकायतर्फ एक सय २८ कार्यालयको ३० अर्ब ५ करोड ४० लाख ३४ हजार, समिति र अन्य संस्थातर्फ १२ संस्थाको ७ अर्ब ५३ करोड २६ लाख ६५ हजार रहेको छ । 

लेखापरीक्षणबाट कुल बेरुजु ४५ करोड ९४ लाख ८२ हजार कायम भएको छ । त्यसमध्ये प्रदेश सरकारी कार्यालयको ३४ करोड ९९ लाख २० हजार र समिति तथा अन्य संस्थाको १० करोड ९५ लाख ६२ हजार रहेको छ । 

त्यसमध्ये असुल गर्नुपर्ने ६ करोड ६९ लाख ९ हजार, नियमित गर्नुपर्ने १९ करोड २६ लाख ६९ हजार, पेश्की बाँकी ९ करोड ३ लाख ४२ हजार रहेको कार्यालयले जनाएको छ । 

प्रदेश सरकारी कार्यालय र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु ४ अर्ब १२ करोड ५ लाख ८४ हजार रहेको छ । त्यो मध्ये प्रदेश सरकारी कार्यालयहरूको ३ अर्ब ५० करोड ३८ लाख ३८ हजार र  समिति र अन्य संस्थाको ६१ करोड ७० लाख ४६ हजार रहेको छ । 

निकायगत बेरुजुमा कुल बेरुजु मध्ये भौतिक पूर्वाधार मन्त्रालयको १८ करोड २१ लाख २० हजार, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको ५ करोड ४६ लाख ५८ हजार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ४ करोड १० लाख ९६ हजार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको २ करोड ६६ लाख १७ हजार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको १ करोड ५६ लाख ७ हजार र अन्य निकायको १३ करोड ९३ लाख ८४ हजार रहेका छन् । 

बेरुजु सम्परीक्षणमा २९ करोड ६८ लाख ४४ हजार बेरुजु सम्परीक्षण भएको छ । त्यो मध्ये प्रदेश सरकारी कार्यालयहरूको २८ करोड ९० लाख २५ हजार समिति र अन्य संस्थाको ७८ लाख १९ हजार रहेको छ । 

लेखापरीक्षणबाट कुल २ करोड ९४ लाख ८७ हजार असुली भएको छ । त्यो मध्ये लेखापरीक्षणको क्रममा ६८ लाख ६० हजार, प्रारम्भिक प्रतिवेदन पठाएपछि १६ लाख २० हजार सम्परीक्षणको क्रममा २ करोड १० लाख ७ हजार रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ४ : ३३ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश