विराटनगर महानगरको बेरुजु सबैभन्दा कम, ०.३२ प्रतिशत मात्रै « Khabarhub

विराटनगर महानगरको बेरुजु सबैभन्दा कम, ०.३२ प्रतिशत मात्रै


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

 विराटनगर– छ वटा महानगरमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनमा विराटनगर महानगरको बेरुजु शून्य दशमलव ३२ प्रतिशत मात्र देखिएको हो । 

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०-८१ मा विराटनगर महानगरको रु छ अर्ब ४४ करोड ७६ लाखको लेखापरीक्षण हुँदा जम्मा रु दुई करोड आठ लाख ५७ हजार मात्र बेरुजु देखिएको हो  । 

आव २०८०-८१ मा २१ करोड बेरुजु फछर्यौट भएको महानगरको आर्थिक प्रशासन महाशाखाका प्रमुख सञ्जीवकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७७-७८ मा रु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार बेरुजु रहेकामा आव २०७८-७९ मा २२ करोड ९४ लाख ८१ हजार थपिएको थियो ।
 
जसमा आव २०७८-७९ मा रु एक अर्ब १९ करोड ४२ लाख ५२ हजार बेरुजु फछर्यौट गरिएको थियो । २०७८-७९ सम्म कूल बेरुजु रु ७६ करोड नौ लाख ७२ हजार रहेकामा आव २०७९-८० मा रु सात करोड ११ लाख ५३ हजार बेरुजु थपिएको थियो । सो आवमा रु २३ करोड ८३ लाख फछर्यौट गरिएको थियो ।
 
आव २०७९-८० सम्म कूल बेरुजु रु ५० करोड ३८ लाख २५ हजार बाँकी रहेकामा आव २०८०र८१ मा रु दुई करोड आठ लाख थपिएको र रु २१ करोड फछर्यौट भई आव २०८०-८१ मा जम्मा रु ३१ करोड ४६ लाख २५ हजार बेरुजु बाँकी रहेको महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख भट्टराईले जानकारी दिए ।
 
 गत तीन आर्थिक वर्षको महानगरको कूल बेरुजु रु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार थियो ।  महानगरको बेरुजु हरेक आव घट्दै गएको उहाँको भनाइ थियो ।
 
आव २०७९-८० मा रु सात करोड ११ लाख ५३ हजार बेरुजु रहेकामा २०८०-८१ मा रु दुई करोड आठ लाख मात्रै बेरुजु देखिएको छ । जुन शून्य दशमलव ३२ प्रतिशत मात्रै हो ।
 
महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आफूले नेतृत्व समालेदेखि बेरुजुलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको बताए। महानगरपालिकाको नेतृत्वमा आउँदा झण्डै रु दुई अर्ब बेरुजु रहेकामा अहिले कूल बेरुजु रकम रु ३१ करोडमा झार्न सफल भएको प्रमुख कोइरालाको भनाइ छ ।
 

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ५ : ४२ बजे

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको