माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले सरकारलाई राजश्वसमेत बुझाउँदैन « Khabarhub

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले सरकारलाई राजश्वसमेत बुझाउँदैन


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको काम नेपाल सरकार र भारतीय कम्पनी जिएमआर लिमिटेडबीच परियोजना विकास सम्झौता (पीडीए) अनुसार काम भएको भए सन् २०२१ मै निर्माण सम्पन्न भइसक्थ्यो ।

तर, निर्माणका कामको जिम्मा पाएको जिएमआरले लगानी जुटाउन ढिला गरेका कारणले अहिलेसम्म पनि निर्माणका काम अघि बढ्न सकेको छैन । अछाम र दैलेखका स्थानीय जिएमआरले आयोजना ‘होल्ड’ गर्ने नियत राखेको आरोप लगाउँदै आएका थिए ।

दैलेख र अछाम क्षेत्रमा पर्ने ९०० मेगावाटको यो आयोजना निर्माणका लागि सन् २०१४ सेप्टेम्बर १९ मा पिडिए भएको थियो । सन् २००८ मै नेपाल सरकारले माथिल्लो कर्णाली निर्माणको जिम्मा भारतीय कम्पनी जिएमआरलाई दिएको थियो । 
 
लगानी ढिलाइ गरिरहेको निर्माण कम्पनीले जग्गा उपभोग गरेको राजश्व कर्णाली प्रदेश सरकारलाई बुझाएको छैन । महालेखापरीक्षकको कार्यालयको २०८२ प्रतिवेदन अनुसार जग्गा उपभोग गरेको २९ लाख २४ हजार राजश्व नबुझाएको हो । 

महालेखापरीक्षकको प्रतिवेदन अनुसार वन क्षेत्रको जग्गा भोगाधिकार गर्न २०७४/६/३१ मा भएको सम्झौताको बुँदा नं. ४ मा १२१.०६ हेक्टर जग्गा प्रयोग गरेबापत पहिलो २ आर्थिक वर्षसम्म प्रति हेक्टर १५ हजारको दरले र त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले वृद्धि हुँदै जाने रकम दैलेख डिभिजन वन कार्यालयमा असार मसान्तमा बुझाउनुपर्ने उल्लेख छ ।

 सम्झौताबमोजिम कम्पनीले २०८०.८१ को प्रति हेक्टर २४ हजार १५८ को दरले हुने २९ लाख २४ हजार बुझाएको नदेखिएको जनाएको छ ।  सम्झौता बमोजिमको रकम नियमानुसार असुल गर्न महालेखापरीक्षको कार्यालयले सुझाव दिएको छ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ७ : ४२ बजे

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौँ – थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र

अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

काठमाडौँ – दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको

यस्तो छ अर्थमन्त्रीले तयार पारेको बजेटको प्राथमिकता : डिजिटल रूपान्तरण र आर्थिक सुधार

काठमाडौँ – आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर