गण्डकी प्रदेशको आम्दानी लुम्बिनीलाई, २३ लाखभन्दा बढी राजस्व घाटा « Khabarhub

महालेखापरीक्षकको प्रतिवेदन

गण्डकी प्रदेशको आम्दानी लुम्बिनीलाई, २३ लाखभन्दा बढी राजस्व घाटा


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारको आम्दानी लुम्बिनी प्रदेश सरकारले पाउँदै आएको खुलासा भएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनले गण्डकी प्रदेशको वन क्षेत्र प्रयोग गरेबापतको राजस्व लुम्बिनीले पाएको तथ्य खुलेको हो । 

नवलपुरको सर्दीमा अवस्थित होङ्सी सिमेन्ट कम्पनीले २०७५ सालदेखि उत्पादन गर्दै आएको छ। कम्पनीले नवलपुरमा पर्ने ५.१ हेक्टर वन क्षेत्र २९ वर्षका लागि भाडामा लिएको छ। सम्झौता अनुसार कम्पनीले वार्षिक ५ लाख ८० हजार रुपैयाँ बुझाउने व्यवस्था थियो।

प्रतिवेदनअनुसार उक्त रकम डिभिजन वन कार्यालय पाल्पामार्फत लुम्बिनी प्रदेश सरकारलाई बुझाइएको छ। यस कारण गण्डकी प्रदेशले पाउनुपर्ने रकम लुम्बिनीले पाउँदै आएको हो।

चार वर्षको अवधिमा गण्डकी प्रदेशले जम्मा २३ लाख २० हजार रुपैयाँ गुमाएको उल्लेख गर्दै प्रतिवेदनमा सो रकम फिर्ता गर्ने र यस्ता गल्ती नदोहोर्‍याउने स्पष्ट व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

‘गण्डकी प्रदेशको वन क्षेत्र प्रयोग गरेबापत प्राप्त हुनुपर्ने रकम यकिन गरी विगत ४ वर्षको राजस्व समेत असुल गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ६ : २३ बजे

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी

काठमाडौं महानगरले टुँडिखेलको दक्षिण चउरमा ‘बरमुढा ग्रास’ रोप्दै

काठमाडौं– काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक