प्रतिनिधिसभामा आज अर्थमन्त्रीले जवाफ दिने | Khabarhub Khabarhub

प्रतिनिधिसभामा आज अर्थमन्त्रीले जवाफ दिने


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने भएका छन् ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आजै सकिने छ ।

सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि सोही प्रस्तावमा छलफल भइरहेको थियो ।

सभामुख देवराज घिमिरेको अध्यक्षता रहने कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा छलफलको समयसीमा निर्धारण गरेको थियो ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ६ : २९ बजे

विश्वप्रकाश शर्मा भन्छन्: जेनजीको भावनाअनुरुप पार्टी परिमार्जन हुनुपर्छ

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताको भावनाअनुरुप

न्याम्सद्वारा स्वास्थ्यकर्मी र कर्मचारीलाई १२ बुँदे आचारसंहिता जारी

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले शिक्षक, चिकित्सक र

मनास्लु आरोहण गर्ने अहिलेसम्मकै कान्छी आरोही छिरिङ

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँकी २२ वर्षीया छिरिङ

सार्वजनिकस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्न जुट्यो प्राधिकरण

काठमाडौं – काठमाडौंसहित देशका विभिन्न दश सहरमा निःशुल्क वाइफाइ उपलब्ध