कान पाक्नबाट बालबालिकालाई कसरी बचाउने ? | Khabarhub Khabarhub

कान पाक्नबाट बालबालिकालाई कसरी बचाउने ?

सुताएर दूध चुसाउँदा कानमा संक्रमण


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

कान हाम्रो शरीरको संवेदनशील अंग मध्ये एक हो। कानको राम्रो हेरचाह गरिएन भने कान पाक्ने, कानको जाली फुट्ने, हड्डी कुहिने लगायत विभिन्न खालका समस्या आउनसक्छन्। सामान्यतया कान पाक्ने समस्या वयस्कको तुलनामा बालबालिकामा धेरै देखिने गरेको चिकित्सक बताउँछन्।

कानभित्र संक्रमण वा कुनै चोटपक लाग्दा तरल पदार्थ वा पिप बग्नुलाई कान पाकेको भनिन्छ। बनावटका आधारमा कानलाई बाहिरी, मध्य र भित्री भाग गरी तीन भागमा विभाजन गरिएको हुन्छ।

कानको मध्य भागमा संक्रमण हुँदा पिप जम्छ र त्यही पिप बाहिर निस्किन्छ भने बाहिरी भागमा कुनै चोटपटक लागेमा दुख्ने गर्दछ। कहिलेकाहीँ रुघाखोकी लाग्दा पनि कान दुख्ने समस्या देखिने गर्छ।

कानको मध्य भागमा संक्रमण हुँदा पिप जम्छ र त्यही पिप बाहिर निस्किन्छ भने बाहिरी भागमा कुनै चोटपटक लागेमा दुख्ने गर्दछ। कहिलेकाहीँ रुघाखोकी लाग्दा पनि कान दुख्ने समस्या देखिने गर्छ।

कान दुख्नुको कारण
नाक, कान, घाँटीरोग विशेषज्ञ डा. अरुण सापकोटा भन्छन्– ‘सानो बच्चालाई धेरै आमाले सुतेर दूध खुवाउने गर्दछन्। त्यसरी सुतेर दूध खुवाउँदा मुखबाट खाना खाने नलीतिर झर्नुपर्ने ठाउँमा कहिलेकाहीँ बसाई नमिल्दा नाक पछाडि घाँटीको माथिल्लो भागमा पुगेर कानमा संक्रमण हुनसक्ने सम्भावना हुन्छ। अर्को भनेको साना बच्चालाई रुघाखोकी लागिरहने हुन्छ किनकी उनीहरुको इम्युनिटी पावर त्यति बलियो हुँदैन।’

जसले मौसमी फ्लू तथा ब्याक्टेरियल कारण रुघाखोकी बल्झिरहन्छ। त्यस्ता बच्चामा कान पाक्ने समस्या पनि सँगसँगै आउँछ। एउटा ट्युब हुन्छ जसले हाम्रो नाकको पछाडि भाग, घाँटीको सबैभन्दा माथिल्लो भाग र कानलाई जोड्ने काम गरिरहेको हुन्छ। त्यो ट्युबबाट कानमा जमेको पानी बाहिर निस्केपछि मात्रै कानमा हावा जाने, आउने गरेर प्रेशर व्यवस्थापन गर्ने हो। त्यही ट्युबको माध्यमबाट भित्र संक्रमण भएर कान पाक्ने समस्या हुन्छ।

प्राय धेरैलाई बच्चादेखि नै कान पाक्ने समस्या आइरहेको हुन्छ। ठूलो भएपछि कमै मान्छेमा कानको समस्या आउने हो। बच्चालाई कान पाक्ने समस्याले ५ देखि ८ वर्ष उमेरसम्म सताउने गरेको उनले बताए। त्यो भन्दा पछि इम्युनिटी पनि अलिकति बलियो हुँदै जाँदा कान पाक्ने समस्या कम हुँदै जान्छ।

‘कसैलाई २५–२६ वर्षको उमेरमा कान पाक्छ भने उसको सानो हुँदा कान पाकेको हुनुपर्छ, जसले गर्दा कान कमजोर भएर यसको असर फेरि देखिएको हुनसक्छ’, डा. सापकोटाले भने। बच्चामा धेरैजसो एक्युट ओटाइसी मिडिया, एक्युट सुपराइटिभ ओटिटिस मिडिया र ओटाइटिस मिडिया विथ इफ्युजन गरी तीन किसिमको संक्रमण धेरै हुने गरेको उनले बताए।

बच्चालाई कान पाक्ने समस्याले ५ देखि ८ वर्ष उमेरसम्म सताउने गरेको छ। त्यो भन्दा पछि इम्युनिटी पनि अलिकति बलियो हुँदै जाँदा कान पाक्ने समस्या कम हुँदै जान्छ।

डा. सापकोटाका अनुसार एक्युट ओटाइसी मिडियाको संक्रमण हुँदा रुघाखोकी लागेको बेला कानको जाली रातो हुने, कानमा संक्रमण भएर दुख्ने र एक्युट सुपराइटिभ ओटिटिस मिडिया हुँदा पिप नै बग्ने समस्या हुन्छ। ओटाइटिस मिडिया विथ इफ्युजन हुँदा भने साइलेन्ट हुन्छ। यो समस्या हुँदा हामीलाई थाहा हुँदैन। यसले गर्दा दुख्ने या अन्य थाहा पाउने लक्षणहरु खासै केही हुँदैन। तर विस्तारै जालीको अगाडि पानी जमेर बस्दै गएपछि बच्चाले कान कम सुन्न थाल्छ। यो कुराको मेसो बच्चा आफैँले पाउँदैनन्। हामीले हेर्दा उसको विद्यालयको कार्यक्षमतामा कमी आउनु, घरमा बोलाउँदा कम सुन्ने जस्ता लक्षण देखिए भने ख्याल गर्नुपर्ने हुन्छ। यदि बेलैमा यसको उपचार गरिएन भने बारम्बार यो समस्या दोहोरिँदा क्रोनिकमा जान्छ र जिन्दगीभर दुःख दिन्छ।

बच्चाको कान पाकेमा निदान कसरी खोज्ने ?
‘के कारणले गर्दा कान पाकेको हो भन्ने कुरा मुख्य हुन्छ। प्राय बच्चा राति सुतेकै अवस्थामा कानको दुखाई भएपछि सहन नसकेर एक्कासी उठेर रुन कराउन थाल्छन्। हामीले के कुरा ख्याल गर्नुप¥यो भने बच्चालाई रुघाखोकी लागेको थियो कि थिएन ? यदि रुघा लागेको थियो भने ओटाइटिस मिडिया हुनसक्छ’ डा. सापकोटाले थपे- ‘यस्तो बेलामा गर्नुपर्ने काम के हो भने कान दुख्यो भनेर कानमा कुनै पनि औषधी नहाल्ने। जस्तै हाम्रोमा तेल हाल्ने, तुलसीको पातको रस हाल्ने चलन छ। त्यस्तो गर्नु हुँदैन। त्यसले कानलाई थप क्षति पु-याउँछ।’

रातिको समय छ अस्पताल जान असहज हुन्छ दुखाई कम गर्ने औषधी सिटामोल, फ्लेक्सन घरमा राखिरहनुपर्छ। तत्काल त्यो औषधी खुवाएर भोलिपल्ट अस्पताल लगेर नाक, कान, घाँटीको विज्ञलाई देखाउनुपर्छ।

३-४ दिनसम्म रुघा लागेर ठीक भयो भने त केही छैन। तर ४-५ दिनभन्दा धेरै समयसम्म निको भएन भने त्यसले कानमा असर गर्नसक्छ भनेर अगाडि नै चेकजाँच गराउनु पर्छ।

बच्चाको स्वास्थ्यमा केही समस्या आउने बित्तिकै बच्चाकै डाक्टरलाई देखाउने चलन छ। त्यसै पनि कान एकदमै संवेदनशील अंग हो। त्यसैले सामान्य हेराइले नपुग्न सक्छ। सामान्य औषधीले धेरैलाई काम गरे पनि सकेसम्म सम्बन्धित अंगको विशेषज्ञसँगै परामर्श लिनु राम्रो हुने उनको सुझाव छ।

रुघाखोकी लागेको या कान दुखेको बेला नुहाउँदा कपासलाई खाने तेलमा भिजाएर मज्जाले निचोरेर सुख्खा बनाएर त्यही कपासलाई कानमा राखेर मात्रै नुहाउने गर्नु पर्दछ।

कान एकदमै संवेदनशील अंग हो। यसलाई सामान्य हेराइले नपुग्न सक्छ। सामान्य औषधीले धेरैलाई काम गरे पनि सकेसम्म सम्बन्धित अंगको विशेषज्ञसँगै परामर्श लिनु राम्रो हुन्छ ।

कानको सुरक्षा गर्ने सूत्र
कान पाक्नबाट जोगाउने पहिलो उपाय भनेको कानमा तेल वा कुनै पनि तरल पदार्थ हाल्नु हुँदैन। प्राय बच्चा चिसो खानेकुरा खान मन पराउँछन्। उनीहरुले भन्दैमा धेरै चिसो खानेकुरा खान दिनु हुँदैन। नुहाउने बेलामा कानभित्र पानी नपरोस भनेर विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ।

कानको सरसफाई अर्को महत्त्वपूर्ण शर्त हो। आमाको दूध खाइरहेका बच्चालाई स्तनपान गराउँदा एकदमै ध्यान दिनु जरुरी छ। राति उठ्नको अल्छीले धेरै आमाहरुले सुतेकै अवस्थामा दूध खुवाउने गर्दछन्। सधैैँ त नपर्ला तर एकपटक मात्रै पनि नाकको पछाडिको भाग र घाँटीको माथिल्लो भागमा दूध पुगेर केही गरी कानभित्र छि-यो भने दुःख दिने गर्दछ।
यत्ति कुरामा ख्याल ग-यौं भने बच्चाको कान पाक्नबाट धेरै हदसम्म जोगाउन सकिने डा. सापकोटा बताउँछन्।

इयर बडको उपयोग कति ?
कानभित्रबाट उत्पादन हुने फोहोर हामीलाई चाहिने भएरै शरीरले बनाएको हो। त्यसैले हामीले त्यहीँ रहन दिनु राम्रो हुने उनको बुझाई छ।

कानको बाहिरी भागमा रहेको फोहोरले हाम्रो कानलाई जोगाउने काम गर्छ। जस्तै धुलोधुवाँ गएर त्यहाँ टाँसिन्छ, भित्र जान पाउँदैन। त्यस्तै स–साना किराफट्याङ्ग्राहरु केही आए भने पनि त्यसको चिल्लोपनाले गर्दा त्यही टाँसिएर भित्र जानबाट रोकिरहेको हुन्छ, जसले गर्दा हाम्रो कान सुरक्षित हुने उनी बताउँछन्।

कसरी भन्दा हामीले कान सफा गर्दा प्रयोग गर्ने इयर बडको बनावट सिधा हुन्छ। हाम्रो कानको बनावट त सिधा छैन। त्यसैले त्यसले हाम्रो कानको बाहिरी भागमा रहेको फोहोरलाई भित्र लगेर राख्छ।

हामीले कान सफा गर्ने नाममा झन फोहोरलाई खाँदिरहेका हुन्छौं। कसरी भन्दा हामीले कान सफा गर्दा प्रयोग गर्ने इयर बटसको बनावट सिधा हुन्छ। हाम्रो कानको बनावट त सिधा छैन। त्यसैले त्यसले हाम्रो कानको बाहिरी भागमा रहेको फोहोरलाई भित्र लगेर राख्छ। त्यसमा टाँसिएर आएको फोहोर मात्रै हामी फोहोर मान्छौं। फोहोरभित्र गइरहेको हामीलाई ज्ञान नै हुँदैन।

त्यसैले कानलाई हामी आफैँले केही पनि नचलाईकन बरु ६,६ महिनामा नाक कान घाँटीको डाक्टरलाई देखाउनु राम्रो हुने उनी सुझाउँछन्। ‘आँखा र कान भनेको हाम्रो शरीरको एकदमै संवेदनशील अंग हो। बच्चादेखि वयष्कले समेत केही समस्या छ कि भनेर देखाइराख्नु राम्रो हुन्छ’, डा. सापकोटाले भने।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ७ : ०९ बजे

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

काठमाडौं- संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट ‘संघीय निजामती

उपेन्द्रले भने- भूमि विधेयक भूमाफियाको स्वार्थमा आयो, सशक्त विरोध गर्छौँ

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वन र

दाजुका लागि अख्तियारका कर्मचारीसँग यसरी झोँक फेरे बाह्रबिसेका मेयरले

काठमाडौं- दाजु मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार ३

पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’

चितवन– चितवन भन्ने बित्तिकै धेरैको मनमा गर्मी ठाउँ भन्ने आउँछ

स्वीकृत भएन बेलायत बसेकी प्रदेश सांसद गुरूङको राजीनामा

काठमाडौं- जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभाकी समानुपातिक सांसद गीता गुरुङको राजीनामा