दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा | Khabarhub Khabarhub

दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बैतडी– दशरथचन्द नगरपालिकाले आफ्नो कार्यक्षेत्रका पाँचवटा माध्यमिक विद्यालयमा आयुर्वेद शिक्षाको पठनपाठन प्रारम्भ गरेको छ । मणिलेक मावि गुरुखोला, निङ्गलाशैनी मावि देहीमाण्डौँ, वीरेन्द्र मावि शाहीलेक, कुलौन मावि खतेडी र केदार नागार्जुन मावि बग्लेखानमा आयुर्वेद पढाउन थालिएको हो । 

यो वर्ष आयुर्वेद पढाउन पाँचवटा विद्यालय छनोट गरिएका र ती विद्यालयका विद्यार्थीलाई आयुर्वेदको महत्वका बारेमा जानकारी दिने गरिएको नगरपालिकाको आयुर्वेद शाखाका प्रमुख नरेन्द्र कलौनीले बताए । 

उनले भने, ‘कार्यक्रम सञ्चालन भएका विद्यालयका विद्यार्थीलाई जडीबुटी र तिनीहरुको प्रयोगका बारेमा जानकारी दिने गरिन्छ । स्थानीयस्तरमा पाइने जडीबुटीको संरक्षणबारे पनि बालबालिकालाई प्रशिक्षण दिने गरिएको छ ।’

यसअघि पाँचवटै विद्यालय आयुर्वेद तथा योगका शिक्षकलाई तालिम दिइएको थियो । उनीहरूबाट ती विद्यालयमा आयुर्वेद र योगका  नियमित कक्षा सञ्चालन हुँदै आएका छन् । 

विद्यालयमा आयुर्वेद तथा योग शिक्षाअन्तर्गत बालबालिकालाई विभिन्न योगासनका बारेमा समेत जानकारी गराउने गरिएको छ । यसले स्वस्थ जीवनशैली अपनाउन सहज हुने अपेक्षा गरिएको छ ।  

योग गर्नाले विभिन्न रोगबाट मुक्ति पाइने भएकाले विद्यार्थीलाई आयुर्वेद कार्यक्रममार्फत जानकारी दिने गरिएको आयुर्वेद औषधालय मुस्याचौरका प्रमुख राजेन्द्रकान्त दयालले बताए। विद्यार्थीलाई योग शिक्षाको महत्वका विषयमा जानकारी गराइएको छ । 

आयुर्वेदिक औषधि, योग र यसले जीवनमा पार्ने सकारात्मक प्रभावका बारेमा ज्ञान दिन विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले बताए। 

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १० : ०३ बजे

विश्वप्रकाश शर्मा भन्छन्: जेनजीको भावनाअनुरुप पार्टी परिमार्जन हुनुपर्छ

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताको भावनाअनुरुप

न्याम्सद्वारा स्वास्थ्यकर्मी र कर्मचारीलाई १२ बुँदे आचारसंहिता जारी

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले शिक्षक, चिकित्सक र

मनास्लु आरोहण गर्ने अहिलेसम्मकै कान्छी आरोही छिरिङ

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँकी २२ वर्षीया छिरिङ

सार्वजनिकस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्न जुट्यो प्राधिकरण

काठमाडौं – काठमाडौंसहित देशका विभिन्न दश सहरमा निःशुल्क वाइफाइ उपलब्ध