अनेरास्ववियूद्वारा माधव र सुदेशलाई सम्मान | Khabarhub Khabarhub

अनेरास्ववियूद्वारा माधव र सुदेशलाई सम्मान


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनेरास्ववियूले ६१औं विद्यार्थी दिवसको अवसरमा विचार गोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको सभाध्यक्षता अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठले गरेका थिए।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलको उपस्थिति रहेको थियो।

सो अवसरमा अनेरास्ववियूका पूर्व अध्यक्ष माधव ढुङ्गेल र सुदेश पराजुलीलाई सम्मान गरिएको थियो। त्यस्तै, अनेरास्ववियूका केन्द्रीय सचिव नारायण शर्मालाई नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिवमा निर्वाचित भएकोमा बधाई दिँदै बिदाई समेत गरिएको थियो ।

अनेरास्ववियूले यो कार्यक्रमलाई ऐतिहासिक दिनको रुपमा मनाएको अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष अशोक थापाले जनाएको छन्।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १० : २२ बजे

विश्वप्रकाश शर्मा भन्छन्: जेनजीको भावनाअनुरुप पार्टी परिमार्जन हुनुपर्छ

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताको भावनाअनुरुप

न्याम्सद्वारा स्वास्थ्यकर्मी र कर्मचारीलाई १२ बुँदे आचारसंहिता जारी

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले शिक्षक, चिकित्सक र

मनास्लु आरोहण गर्ने अहिलेसम्मकै कान्छी आरोही छिरिङ

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँकी २२ वर्षीया छिरिङ

सार्वजनिकस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्न जुट्यो प्राधिकरण

काठमाडौं – काठमाडौंसहित देशका विभिन्न दश सहरमा निःशुल्क वाइफाइ उपलब्ध